बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

महेन्द्रनगरबाट लागूऔषध गाँजासहित दुईजना पक्राउ

 ४ श्रावण २०७८, सोमबार  

धनुषाको महेन्द्रनगरबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–२ कार्तिककुमार बस्ने ३५ वर्षीय रामकुमार महतो र क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने २१ वर्षीया रुवीकुमारी साह रहेकी छन् ।

 

आइतबार अपरान्ह ४ बजेको समयमा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरको हनुमान चौकबाट उनीहरूलाई पक्राउ गरेको हो । ज.३ प. ५४९ नम्बरको मोटरसाइकलमा दुबै जना शंकास्पद रुपमा आइरहेकोले प्रहरीलाई शंका लागेपछि सोधपुछ गर्दा ५ किलो लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

 

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खबर संकलनको लागि खटिएको प्रहरी जवान पन्चा महतोले मोटरसाइकलमा सवार उनीहरूलाई दक्षिणबाट उतरतर्फ शंकास्पद तरिकाले आइरहेको हेर्दा सोधपुछ गर्ने क्रममा आतिन थालेपछि प्रहरीलाई शंका लागेको थियोे । प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको बीचमा च्यापेर राखेको झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको डीएसपी मिश्रले बताए । पक्राउ परेका दुबैजनालाई मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै