बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेकपा एमाले भित्रको गुटबन्दी कोभिड जस्तै बडो खतरनाक

 ४ श्रावण २०७८, सोमबार  

काठमाडौं। नेकपा एमालेकी सांसद नविना लामाले एउटा पार्टीमा राजनीति गरेर अर्को पार्टीमा भोट किन भन्दै प्रश्न गरेकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत् उनले पार्टीभित्रको गुटबन्दी कोभिड जस्तै नयाँ प्रकृतिको रहेको बताउँदै बर्बाद भएको बताएकी छन्। उनले जनताको बहुदलीय जनवाद खोइ भन्दै प्रश्न समेत गरेकी छन्।

लामाले भनेकी छन्–‘नेपालमा कम्युनिष्ट पार्टीको इतिहास केलाएर हेर्दा फुट विभाजन विचार, व्यवस्था भन्दा बढी आफू केन्द्रित पदको लडाइँमा गुटबन्दीले पार्टीलाई सत्यानाश गरेको देखिन्छ। महान नेताहरूको र कार्यकर्ताहरूको उज्ज्वल भविष्य समाप्त भएको देखिन्छ। अहिले नेकपा विभाजन पनि त्यस्तै देखिएको छ।’

उनले अहिले नेकपा एमाले भित्रको पनि गुटबन्दी बडो खतरनाक र कोभिड जस्तै नयाँ प्रकृतिको रहेको बताएकी छन्। आफ्नो पार्टीको सरकार ढलाएर अर्को पार्टीलाई सरकार बनाउनु यो भन्दा अर्को दुःखद घटना केही नहुने लामाले बताएकी छन्।

लामाले भनेकी छन्–‘यो भन्दा दुःखद घटना के हुन सक्छ ?? बर्बाद भयो। जबज खोइ ??? हाम्रो पुस्ताको राजनीति ?? हाम्रो पार्टीको राजनीति पार्टी एमाले भोट अर्को अर्को पार्टी हो ???’ आइतबार प्रतिनिधि सभामा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै