बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एमालेका २२ सांसदको कदम शर्मनाक र लज्जास्पद : केपी शर्मा ओली

 ४ श्रावण २०७८, सोमबार  

सोमबार तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको १०औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदको कदम लज्जास्पद भएको बताएका छन् ।

 

ओलीले भने, शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरुको कदम हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो ।  गठबन्धनबाट बनेको सरकारले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला गर्न सक्ने भन्दै त्यसको सशक्त प्रतिवाद हुनुपर्ने ओलीले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै