बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपालमा बुधबार मनाइने ‘ईदुल जोहा’

 ४ श्रावण २०७८, सोमबार  

मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान् पर्व ‘ईदुल जोहा’ (बकर ईद) आउदो बुधबार देशभर मनाइने भएको छ ।  इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

 

यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

 

अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्मगुरुले बताउछन् । ‘अल्लाहको आदेशमा इब्राहिमलाई तपाइको नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा परीक्षामा उत्तीर्ण हुनुभयो। यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभयो’ यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको हो’। थप समाचार बुधबार आउदै ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै