घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

मदिरा सेवनबाट एकै गाउँका चार जनाको मृत्यु, गाउँ सोकमा डुब्यो

 ५ श्रावण २०७८, मंगलवार  

मदिरा सेवनबाट एकै गाउँका चार जनाको मृत्यु भएपछि गजुल गाउँ सोकमा डुबेको छ।  रोल्पाबाट मजदुरी गर्न बाग्लुङ पुगेका ४ जनाको घरेलु मदिरा खादा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

गल्कोट ७, मल्ममा रहेको खानेपानी योजनाको काममा त्यहा पुगेका सुनिलस्मृती गाउँपालिका ५ गजुलका एकै गाउँका ४ जनाको मध्यराती मृत्यु भएको हो ।

 

सुनिलस्मृती-५ गजुलका २१ वर्षीय दिपेन्द्र पुन, ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेगबहादुर राना र ३० वर्षीय प्रबिण घर्ती रहेका छन्। २६ वर्षीय रबिन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती जना गम्भिर अवस्थामा छन्। बाँकीको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। अहिले मृतकको शब र घाईतेहरुलाई धौलागिरि अस्पतालमा राखिएको छ। मृतकको शव अस्पतालमा राखिएको बताउने बाग्लुङ प्रहरीले अनुसन्धान भईरहेको बतायो। साथै अबैध रक्सी बिक्रि गर्ने भद्रबहादुर थापालगायत दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बाग्लुङ प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै