सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

पर्वको दिन परीक्षा नराख्न मुस्लिम समुदायको माग

 ५ श्रावण २०७८, मंगलवार  

समीर अली बेहना, बाँके, ५ साउन । त्रिभुवन विश्व विद्यालयद्वारा हुने वार्षिक परिक्षा मुस्लिम समुदायको महान पर्व इदुल अजहाको दिन नराख्न मुस्लिम समुदायले माग गरेका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट हुने वार्षिक परीक्षा प्रत्येक वर्ष पर्वको दिन राख्ने गरेको समुदायको भनाइ छ । समुदायले यस विषयलाई लिएर चौतर्फी आलोचना सुरु गरेका छन् । त्रिभुवन विश्व विद्यालयद्वारा सार्बजनिक गरिएको सूचना पत्रमा दृतिय बि बि एस , बि बि ए , बि एस सि लगायतको परिक्षा मिति साउन ५ गते देखी तोकिएकोले ६ गते पर्वको दिन समेत परीक्षा परेको छ ।
उक्त सूचना पत्रमा मुस्लिम समुदायको महान पर्व इदुल अजहाको दिन परिक्षा तोकिएकोले चौतर्फी आलोचना सुरु भएको हो । नेपाल वल्मा काउन्सिल बाँके तथा बर्दीयाका संयोजक मुफ्ती मोहम्मद कैफुल्वरा खानले भन्नु हुन्छ, ` पर्व कै दिन परिक्षा राख्नु र मुस्लिम समुदायको महान पर्वहरुमा सार्बजनिक विदा कटौती गर्नु चिन्ताजनक विषय हो ।
यस्तो समस्याहरु समाधान गर्न नेपाल सरकारको समयमा ध्यानाकर्षण हुन जरुरी छ । अन्य समुदाय जस्तै मुस्लिम समुदाय पनि नेपाली नागरिक रहेकोले पर्वमा कटौती भएका सार्वजनिक विदालाई पुनबहाली गर्नुपर्छ । पर्वको दिन तोकिएको स्थगित तत्काल गर्नु पर्छ । यसबाट मुस्लिम समुदायको विद्यार्थीहरुलाई समस्या भएको छ । देशको विभिन्न ठाउँमा अध्यनरत विद्यार्थीहरुलाई पर्व मनाउन घर फर्किनु पर्ने हुन्छ जुन परिक्षाको कारण सम्भव हुँदैन । जसले गर्दा सरकारले मुस्लिम समुदाको हकहितमा हुनेगरी त्रिभुवन विश्व विद्यालयले काम गर्न जरुरी छ ।´ मुस्लिम समुदायको अनुसार पञ्चायतकाल देखी मुस्लिम समुदायले पाई रहेको समुदायको महान पर्व ईदुल फित्र, ईदुल अजहा र ईदे मिलादुन नबिको सार्बजनिक विदा सरकारले कटौती गरी धर्म निर्पेक्षता माथी नै प्रश्न खडा गरेको छ । उहाँले भन्नु भयो तत्काल इदुल अजहाको विदा दिएपनी यसलाई राजपत्रमा घोषणा गर्न जरुरी छ । त्यस्तै नेपालगञ्ज मुस्लिम समाजका संस्थाका महासचिव एवम नेपाल हज कमिटीको केन्द्रिय सदस्य मेराज अहमद हल्वाइले भन्नू हुन्छ, `त्रिभुवन विश्वविद्यालय नेपालको एउटा त्यस्तो संस्था हो जहाँ सबै समुदायको विद्यार्थीहरु पढ्ने गरेको छन् ।
त्यसैले त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायमा विभिन्न जातजातिका,भाषाभाषी ,धर्म र संस्कृति भएका विद्यार्थीहरु अध्यनरत विद्यार्थीहरुको आस्था श्रद्धामा चोट नपुग्ने गरि सूचना तयार पार्नु जरुरी छ । सबै समुदायको नागरिकहरुको मर्म र भावनाअनुरुप कार्य गरेमा मात्र सबैको”त्रिभुवन विश्वविद्यालय हो” भन्ने भावना प्रकट हुन्छ । लकड़ाउनको अवधि भरी विद्यार्थीहरुले घरमै समय विताउँदै आएका छन् जसले गर्दा पढाई हुन सकेको छैन । तर अचानक त्रिभुवन विश्वविद्यालयले परीक्षा लिन हतार गर्दै परिक्षा तोकनु विद्यार्थीहरुको हकहित विपरीत छ । त्रिभुवन विश्व विद्यालयले श्रावण ५ गतेदेखि बि.एससी दोस्रो बर्ष, बिबिएस दोस्रो बर्ष र बिए दोस्रो बर्षको परीक्षा लिने तालिका सार्वजनिक गरेको छ । त्यस तालिका अनुसार श्रावण ६ गते मुस्लिमहरुको दोस्रो ठुलो चाड इद-उल-अजहाको दिन समेत ३ वटै संकायको परीक्षा राखेको छ। मुलुकमा बस्ने मुस्लिम समुदायले लोकतन्त्र र धर्म निरपेक्षताको अनुभुती कहिले गर्न पाउने ? त्रिभुवन विश्व विद्यालयले परिक्षा तालिका तयार पार्दा सबैको चाडपर्वको ध्यान दिने तर मुस्लिम समुदायको बारम्बार उपेक्षा किन भएको छ ? कति ! दुर्भाग्य र लाजमर्दो अवस्था हो बनेको छ हाम्रो देशको । हाम्रो मुस्लिम नेताकार्यकर्ता र मुस्लिम आयोगको समेत बिजोग अवस्थामा छ । प्रत्येक वर्ष भिख जस्तै सार्वजनिक बिदाको लागि प्रधानमन्त्री र गृहमन्त्री कहाँ विज्ञप्ति लिएर जाने त्यहाँबाट आश्वासन लिएर आउने काम मात्र भएको छ ।
मुस्लिम विद्यार्थीहरुको लागि हरेक वर्ष चिन्ताजनक विषयको रुपमा सूचना सार्बजनिक हुने गरेकोले कानुनी र संवैधानिक रुपमा मुस्लिम समुदायको पर्वहरुमा राष्ट्रिय स्तरमा सार्वजनिक विदा राज्यले दिनुपर्छ भनी उहाँको भनाइ थियो । त्यसकारण नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय ,मुस्लिम आयोग लगायत विभिन्न विद्यार्थी संगठन र दलका नेता लगायत सम्पूर्ण शौक्षिक सरोकारवाला निकायहरुले समयमै ध्यानाकर्षण गरि मुस्लिम समुदाय र मुस्लिम विद्यार्थीहरुको हकहित अनुकूल हुने गरि नीति नियम बनाउनु पर्छ । ´ त्यस्तै महेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत शेराज सिद्दीकीले भन्नु हुन्छ, ` नेपाल सरकारले मुस्लिम समुदायको महान पर्व कटौती गरेर निर्पेक्षता नै गुमाएको छ । पटकपटक यस विषयमा मुस्लिम समुदायले आवाज उठाउँदा समेत ध्यानाकर्षण नहुनु चिन्ताजनक विषय हो । हल्वाइले बताए कि यस विषयमा नेपाल मुस्लिम आयोग, मुस्लिम विद्यार्थी , मुस्लिम अगुवा र विभिन्न दलहरुले समेत पटकपटक आवाज उठाउँदै आएको छन् । उहाँले बताउनु भयो त्रिभुवन विश्व विद्यालयले तत्काल पर्वको दिन तोकिएको परिक्षालाई स्थगित गरी प्रज्ञागिक संस्था रहेको अनुभुती गराउन जरुरी छ ।´ यस विषयमा संकल्प डेली न्यूजले केहि त्रिभुवन विश्व विद्यालयको विद्यार्थीहरुसंग सोधपुछ गर्दा एकजना महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने मुस्लिम समुदायको युवा बिद्यार्थी रिजवान अहमद सल्मानीले भने `प्रत्येक वर्ष टि यू ले पर्व कै दिन परिक्षा सञ्चालन गरेकोले हामीलाई पर्व मनाउन सास्ती हुन्छ, हामीले ईदको नमाज पढ्ने समय समेत मिलाउन सकेको हुँदैनौं ।´ जबकी सहमत हुशैन अन्सारीले भन्नु हुन्छ सरकारले मुस्लिम समुदायको पर्वहरुमा कटौती गरेको सार्बजनिक विदा पुनः दिई लोकतान्त्र र धर्म निर्पेक्ष रास्ट्रको अनुभुती गराउन सक्छ । एउटा लोकतान्त्रिक गणतन्त्र देशमा सबै समुदायको अनुकूल हुने गरि निति नियम हुन अत्यन्त जरुरी हुन्छ । उहाँले भन्नु भयो बहुल्यताको आधार भन्दा सरकारले सबैको आस्था श्रद्धालाई जोगाउने तिर लाग्नु पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै