घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

सरकारले विदा दिएको मुस्लिम समुदायद्वारा हृदयदेखि स्वागत : किफायतुल्लाह खां

 ५ श्रावण २०७८, मंगलवार  

शहबाज खान/ कपिलवस्तु । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको कुरा स्वागतयोग्य रहेको नेपाली कांग्रेस महासमिति सदस्य किफायतुल्लाह खांले बताए। तत्कालै गठन भएको बहुमत प्राप्त सरकारले सम्पूर्ण धर्मावलंबीको सम्मान गर्ने गरी दिइएको बिदाको मुस्लिम समुदायले हृदय देखि स्वागत गरेको समेत बताए। मुस्लिम धर्मावलम्बी हरूले मनाउने महत्त्वपूर्ण चाड इद उल अज़हां(बकर इद)को उपलक्ष्यमा इत्तेहाद नेपालका अध्यक्ष समेत रहेका किफायतुल्लाह खांले शुभकामना व्यक्त गर्नु भएको छ ।

 

मुस्लिम धर्मावलम्बी हरूको महत्त्वपूर्ण चाड इद उल अज़हां (बकर इद)को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। उहाँले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड इद उल अज़हां(बकर इद)को हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । साथै अहिले फैलिएको कोभिड १९ चाडै संसार बाट लोप होओस् भन्ने अल्लाह सँग प्रथाना समेत गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै