भोलि सार्वजनिक विदा
न्युज डेस्क
५ श्रावण २०७८, मंगलवार

नेपाल सरकारले साउन ६ गते (भोली) सार्वजनिक विदा दिने भएको छ ।
इस्लाम धर्मावलम्बीहरुले प्रत्येक वर्ष मनाउने पर्व बकर ईद अर्थात ‘इदुल जोहा’ यही मिति २०७८ साउन ६ गते पर्ने भएको हुँदा सरकारले सो दिनको लागि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सोमबार मन्त्रिपरिषद्को बैठकमा ‘बकर इद’ को अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बुधबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै