बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद देशभर मनाइँदै

 ६ श्रावण २०७८, बुधबार  

मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज बुधबार देशभर मनाइँदैछ ।  यो पर्व मनाउन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

 

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । नमाज पढेर घर फर्किएपछि खसी वा भेडाको बलि दिने परम्परा छ । बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ । त्यसमध्ये एक भाग आफू खाने, एक भाग आफ्ना नजीकका मित्रलाई र एक भाग गरीब तथा असहायलाई दिने गरिन्छ ।

 

इस्लामिक पात्रो अनुसार १२औं महिना जिल हिज्जाको १० औं तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मानिएको छ। मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा चार हजार वर्ष पहिले हजरत इब्राहिम अलेह सलामले सपनामा आफ्नो अल्लाह (परमेश्वर) ले आफ्नो सबभन्दा प्रीय वस्तु मलाई चढाउ भनेको देखेपछि बुबा इब्राहिम आफ्नै छोरा इस्माएल अलेह सलामलाईलाई बलि दिन तयार भएको हुदा अल्लाह धेरै खुसी हुनुभयो । अल्लाहको आदेश खुसीसाथ पालना गरेको हजरत इब्राहिमले चाकुुलाई आफ्नो छोरा इस्माइलको माथि हान्दा केही नभई अचानक बिचमा एउटा भेडाको बली हुन पुगे सोही घटनाको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको हो ।

 

इस्लामका संस्थापक पैगम्बर मुहम्मदलाई अल्लाह (ईश्वर) का रसूल (सन्देष्टा-दूत) मानिन्छ । जसको जन्म इ. छैटौं शताब्दीमा मक्का भूमिमा भएको थियो ।  मुहम्मदका पिता अब्दुल्लाह र आमा थिइन् अमिनाह । भनिन्छ, मुहम्मद युवा अवस्थाको अन्त्यतिर मक्काको उत्तरस्थित हिरा पर्वतको गुफामा उपवाससाथ ध्यान–प्रार्थनामा बस्न पुगेका थिए । आज मुहम्मदलाई “ला इलाह इल्लल्लाह मुहम्मदुर्रंसुल्लाह” आदि शब्दबाट मुस्लिम समुदायले सझिन्छन् भने मुहम्मदका अनुयायीहरूलाई ‘उम्मत’ वा ‘उम्मते मुहम्मदी’ भन्ने गरिन्छ ।  एक परमेश्वर अर्थात् एक अल्लाहलाई मात्र मान्ने धर्म हो मुस्लिम । यसमा अल्लाहलाई एक सर्वज्ञ, सर्वशक्तिमान परमेश्वरको रूपमा लिइएको छ । भनिन्छ, अल् र इलाहको संयोगमा ‘इ’ कार लोप भएर ‘अल्लाह’ शब्द उद्भव भएको हो । यसको अर्थ हुन्छ ‘शक्तिशाली परमेश्वर’ । यसैगरी इस्लामको अर्थ “ईश्वरको इच्छाको शरणमा जानु” भनिएको छ । ईश्वर (अल्लाह) को शरणमा समाहितलाई मुसलमान भन्ने गरिएको छ । उता फेरी मुसलमानको अर्थ हुन्छ “अल्लाहको शरणमा पर्ने भक्तजन” । इस्लाम धर्मको सबभन्दा ठूलो पवित्र र प्रिय ग्रन्थ कुरान हो जसमा ११४ अध्याय (सुर) रहेका छन् जुन मुहम्मदका उपदेशहरूको सङ्कलित रूप हो ।

 

विश्वका अर्बौ मुसलमानहरूको रमजान–ईदुलफित्रपछिको दोस्रो ठूलो लोकप्रिय धार्मिक पर्व बकर–ईद हो । इस्लामी पात्रोको अन्तिम महिना विश्वका मुसलमान समुदाय हर्ष–उल्लासका साथ भाइचारा–पर्व बकर–ईद मनाउन उद्यत हुन्छन् । यस पर्वलाई स्थान विशेषका आधारमा कहीं ईद–उल–जुहा त कतै ईद–उल–अजहा, इदे–कर्बा र बकरीद आदि नामबाट पनि सम्बोधन गरिन्छ । बकर–ईद पर्वको रमझम र खुसियाली तीन दिनसम्म  रहन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै