सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

मापदण्ड विपरीत बाटो निर्माण, पानी घरमा पुग्ने जोखिम

 ९ श्रावण २०७८, शनिबार  

समीर अली बेहना, बाँके, ९ साउन ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा मापदण्ड विपरीत बाटो निर्माण भएको छ ।

फुल्टेक्रा चोक देखी फुल्टेक्रा स्कुल सम्म जाने बाटोको निर्माण लिएर स्थानीयले असहमति जनाएका छन् । १८ लाख ४४ हजार लगानीमा बनेको नालाले घरभित्र पानी पस्ने जोखिम खडा गरेको हो ।

करिब ३०० मिटर लामो बाटो निर्माण गर्न स्थानीयको बैठक बसिएको थियो । स्थानीयलाई जानकारी नगराई बैठकमा भएको निर्णयलाई बदर गरिएको छ । उपभोक्ता समिति र वडा कार्यालयले जनचाहना विपरीत नयाँ निर्णय लिइ नाला निर्माण गरेका स्थानीयले बताउँछन् । करिब ३ वर्ष देखी स्थानीयहरुको असहमतिको कारण बाटो निर्माण हुन सकेको थिएन । उपभोक्ता समिति चन्द्रेश्वर राज त्रीपाठिको अध्यक्षता निर्माण भएको बाटोको तहभन्दा माथी नाला बनाएपछि स्थानीयहरुले विरोध जताएका छन् । नाला निर्माण बोर्डमा नाला कति मिटर बन्ने , कति लामो बन्ने कति चौडाई बनाउने लगायतको सूचना उल्लेख गरिएको छैन । स्थानीयको अनुसार उपभोक्ता समिति र वडा कार्यालयले आम नागरिकसंग छल गरेका छन् ।

स्थानीय बिक्रान्त श्रीवस्तवले नाला मापदण्ड विपरीत बाटो बनाएर नागरिकको भावनासंग खेल्वाड गरिएको बताउनु भयो । उहाँले भन्नु हुन्छ , जसोतसो बाटो निर्माण गर्न नाला बनाउने काम पूरा भएपनि मापदण्ड विपरीत काम भएको छ । बाटोको तहमाथीबाट नाला बनाइएकोले पानी घर भित्र पस्ने जोखिम सृजना भएको छ । वर्षाको पानी नाला मै जम्मा हुँदै आएकोले पानी निकास समेत बन्द भएको छ । उहाँले भन्नु हुन्छ , इन्जिनियर , वडा समिति र उपभोक्ता समितिको मिलोमतोमा मापदण्ड विपरीत निर्माण कार्य भएको छ । बाटो निर्माण गर्दा इट्टा हाल्न नमिल्ने नियम कानून भएपनि बेवास्ता गर्दै इट्टा समेत हालिएको छ । बैठकमा बाटोको दुबै तर्फ भत्काउने निर्णय भएको थियो । जबकी समितिले पक्षपाती गर्दै एकोहोरो कटान गरी छल गरेको श्रीवास्तवले बताउँछन् । श्रीवास्तवले नाला निर्माण कार्यको छानबिन गर्न माग गरेका छन् ।

श्रीवास्तवले भन्छन् , माग पूरा नभए हामी जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिने छौँ । त्यहाँपनि माग सम्बोधन नभए हामी अदालतमा पुग्ने छौँ । त्यस्तै स्थानीय ऋतु सिंहले भन्नू हुन्छ , बाटो फराकिलो हुनुपर्ने ठाउँ कहिँ ५ मिटर कहिँ ६ मिटर सम्म बाटो बनाइएको छ । जबकि नाला निर्माण उपभोक्ता समितिको अध्यक्ष चद्रेश्वर राज त्रीपाठिले भन्नू हुन्छ , नाला सरकारी मापदण्ड अनुरुप नै बनाइएको छ । नाला कहिँ ५ मिटर कहिँ ६ मिटर बनाउन वडा कार्यालय र स्थानीयको सहमति लिएको त्रीपाठिले बताउनु भयो । त्रीपाठिले ५ सय ८० मिटर नाला निर्माण गरेको दावी समेत गरेका छन् । जबकी वडा अध्यक्ष समीर प्रताप सिंहले बाटो निर्माण क्रममा अग्लो हुनु स्वाभाविक रहेको जिकिर गर्नु भयो । उहाँले भन्नू कहिँ ५ मिटर कहिँ ६ मिटर बाटो बनाउन स्थानीयबाट सहमति लिएका थियौँ । संकल्प डेली न्यूजले यस विषयमा थप खोज गर्दा हितेश भारतीले भन्नू भयो, बाटो निर्माणको लागी असार १ गते बैठक बसि ६ मिटर चौडाई भएको बाटो निर्माण गर्ने स्थानीयले सहमति जनाएको भएपनि ६ मिटर बाटो भित्र पनि १ फिट जति जग्गा बाटो परे नाला मै मिलाएर बनाउन सक्ने बताएका थिए ।

स्थानीयको अनुसार सहमति भएको बैठकमा उपस्थिति मात्र गराइएको थियो जबकी निर्णय आर्को दिन उल्लेख गरि हस्ताक्षर गराउने वडा सचीवले जानकारी गराउनु भएको थियो । दोस्रो दिन कुनै बैठक नबसि ५ मिटर बाटो बनाउन वडा कार्यालय र नव उपभोक्ता समितिले निर्णय गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै