बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

२७ जना नेपाली कामदारको शव मलेसियाबाट त्रिभुवन विमानस्थलमा आइपुग्यो

 ९ श्रावण २०७८, शनिबार  

काठमाडौँ — लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २७ जना नेपाली कामदारको शव शनिबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । जसमा ३ जनाको अस्तु मात्रै छ ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार अन्तर्राष्ट्रिय उडान रोकिएकोले समयमा नै शव पठाउन नसकिएको हो । लामो समयसम्म सरकारले नेपाल एअरलाइन्सको वाइडबडी जहाज नपठाइदिएकोले मलेसियामा मृतक कामदारको शव ल्याउन सकिएको थिएन ।

क–कसको शव आयो ? बुद्धिराम कामी- सल्यान, मनीराम चौधरी- बर्दिया, कर्णबहादुर बुढाथोकी- बैतडी,सन्दीप विक,प्रमोद विक सुनील बीसी- बाग्लुङ, झापटबहादुर थापा- तनहुँ, दलबहादुर मोक्तान- पाँचथर, कृष्णकुमार राई- ललितपुर, होमबहादुर गुरुङ- सुनसरी,रामचरित्र कानु- बारा, अमरबहादुर माझी- सिन्धुपाल्चोक, लोकबहादुर शाही- दैलेख, रुपेशपुलामी मगर- सिरहा, श्यामु थारु- कपिलवस्तु, सोमरबहादुर तामाङ- ओखलढुङ्गा, शम्भु विक- झापा, कमलादेवी भण्डारी- मोरङ, लोकबन्धु लावती- झापा, मति तामाङ- नवलपरासी, यमबहादुर सनारी- पाल्पा, दलमान तामाङ- ओखलढुङ्गा, गोविन्द बोहरा- झापा। अस्तु ल्याइएका – मोहनप्रसाद चौधरी- नवलपरासी, मीनबहादुर विष्ट- डढेलधुरा, रोशनकुमार यादव- सिरहा ।  कान्तिपुर 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै