बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जसपाका उपेन्द्र समुहको कार्यकारिणी समिति बैठक सुरू, कस्तो छ एजेण्डा ?

 ९ श्रावण २०७८, शनिबार  

काठमाडौं ।  जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहको कार्यकारिणी समिति बैठक सुरू भएको छ ।  बालकुमारी सुरु भएको बैठकमा समसामयिक राजनीतिक सम्बन्धमा, संसदीय दलको विधान अनुमोदन सम्बन्धमा, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन सम्बन्धमा, प्रशिक्षण अभिमुखिकरण सम्बन्धमा, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने सम्बन्ध लगायतमा छलफल हुने कार्यकारी सदस्य इस्तियाक राईले जानकारी दिए ।

 

पार्टीमा उपेन्द्र यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विषयलाई लिएर विवाद छ। यही विवाद सल्टाउन आधिकारिकता विवादमा सनाखतका लागि निर्वाचन आयोगले कार्यकारी सदस्यहरुलाई नै उपस्थित हुन बोलाएको छ। आयोगले साउन ११ गते ११ बजे नागरिकतासहित कार्यकारी सदस्यहरुलाई उपस्थित हुन भनेको छ। पार्टीको आधिकारिकता दाबी गर्दै उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दाबी पेश गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गरेपछि महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहबीच विवाद बढेको थियो।

 

निरन्तर दुई सातासम्म एक अर्कामाथि कारबाहीको श्रृंखला चलाउँदै निर्वाचन आयोगसम्म पुगेका दुवै पक्षले अन्त्यमा मिल्ने नसकिने भन्दै आ–आफ्नो बाटो लाग्ने सहमति गरेका थिए। तर, विभाजित भए पनि पार्टी चाहिँ कसको पक्षमा रहने भन्ने विवाद कायमै छ। उपेन्द्र पक्षले भने केन्द्रीय कार्यकारिणीको बहुमत निर्णयसहित दाबी गरेको छ। यता महन्थले पनि पुस ७ गतेको निर्णयलाई नै आधार मानेर कार्यकारिणी समिति हेरफेर गरी आयोगमा विवरण बुझाएका छन्। जसपाको संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवकै बहुमत छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै