बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

महन्थलाई अर्को धक्का, राजकिशोरले गर्यो गुट परिवर्तन

 १० श्रावण २०७८, आईतवार  

पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले गुट परिवर्तन गरेका छन् । महन्थ ठाकुर समूहमा रहेका यादव उपेन्द्र यादव समूहमा लागेका हुन् ।

महन्थ ठाकुर पक्षबाट उनी दुई हप्ताका लागि केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री समेत बनाइएका थिए । तर, ओली सरकार ढलेपछि यादव गुट परिवर्तनको निर्णयमा पुगेका हुन् ।

पूर्वमन्त्री यादवले पार्टी एकताका लागि ठाकुर पक्षमा लाग्न नसकेको बताए । नेपाली रेडियो नेटवर्कमा ऋषि धमलाको प्रश्नमा उनले भने, ‘म महन्थ ठाकुरजीलाई सम्मान गर्दछु । तर, निर्वाचन आयोगको निर्णय र पार्टीको बहुमतको निर्णय मान्न वाध्य छु ।’ यादवले पटक पटक पार्टी एकतामा जोड दिए । यो समाचार रिपोर्टस नेपालमा लेखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै