सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

गिरिराजमणि पोखरेलद्वारा हरित अभियान सुरु

 १० श्रावण २०७८, आईतवार  

नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले महोत्तरीको गौशाला, बर्दिबास र भंगहा नगरपालिकाबाट हरित अभियान सुरु गरेका छन् ।

 

आज जनकपुरमा पत्रकार सम्मेलन गरी चुरे संरक्षणका लागि हरित अभियान चलाउने र पहिलो चरणमा तीन लाख विरुवा बृक्षारोपण गर्ने उनले शनिवार यो अभियान शुरु गरेका हुन् ।

 

पोखरेलले भने, ‘हरित अभियान सम्पूर्ण मानव तथा प्रकृतिबीचको स्वास्थ्य सम्बन्धलाई पुर्नस्थापित गराउने पहल हो, ‘यसले समुदायले भोगी रहेको विभिन्न समस्याहरुलाई क्रमगत रुपमा निर्मूल पार्न सहयोग गर्दछ ।’ उनले अभियानमा आवद्ध हुन सरोकारवाला संघ, संस्थ, क्लब र समूहलाई आह्वानसमेत गरे ।

 

हरित अभियानले पारिस्थ्तििक प्रणालीको पुर्नस्थापना, विपद व्यवस्थापन, पारिस्थितिक प्रणालीमा आधारित कृषि, संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम सञ्चालन गर्न समन्व्यात्मक भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरेका छन् । वातावरणीय समस्याहरुको समाधान गर्नका लागि सरकारी क्षेत्रबाट मात्रै पहल गरेर सम्भव नहुने भन्दै उनले हरेक क्षेत्रले उत्तिकै प्राथमिकताका साथ अवलम्बन गर्नुपर्ने उनको भनाई छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै