विद्युतमा भाेल्टेज नपुग्दा देवानगंजबासीलाई सास्ती

जुगेश दास, सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा विद्युतमा भाेल्टेज नहुदा स्थानीयबासीहरुलाई समस्या भएको छ ।
विद्युतमा भाेल्टेज नहुदा पंखा नचल्ने, चिमबत्ति नबल्ने, माेटर नचल्ने,घरि घरि जाने बत्ती व्यावसायीहरुको स- साना मिल, उद्योगहरु नचलेकोले स्थानीयबासी लगायत व्यवसायीहरु समस्यामा परेका छन् ।
साविक देखिनै विकासमा पछाडी परेको देवानगंज गाविस हाल गाउँपालिका बनेको चारवर्ष बितिसक्दा भएपनि यहाँ विकासमा अझै पछाडि रहेको रन्जित शर्माले बताउनुभयो। गाउँपालिकामा विद्युत प्रवाह गरेपनि क्षमता अनुसारको ट्रान्सर्फमर जडान नगरेको कारणले गाउँपालिकाको विभिन्न वडामा भाेल्टेज नपुग्दा स्थानीयवासीहरु समस्यामा परेर सास्ती भोग्दै आएका छन् । स्थानीय अरबिन्द दासले भने पंखा चल्दा तीन वटा डेनी मज्जाले देख्न सकिन्छ जबकी भाेल्टेज हुदा हेर्नै नसक्ने हो, यहाँका मुख्य समस्यालाई जनप्रतिनिधिले नहेरेको झै गरेको बताउँछन ।
स्थानीयले भने दिनभर जसो तसो हुन्छ, भाेल्टेज नरहदा गाउँमा चोरी हुने समस्याको डरले राती मज्जाले सुत्न पनि पाइन्न, पंखापनि मज्जाले चल्दैन, पंखा नचलेपछी गर्मीमा निन्द्रा लाग्दैन, हावामा बाहिर सुत्दा लाम्खुट्टे टाेकिन्छ, झुल लगाउदा झुलमा राम्ररी हावा आउदैन, जताबाट भएपनि हामीलाइनै सास्ती खेप्नुपरेको बाध्यता रहेको छ। अर्को स्थानीय सलेन्द्र दासका अनुसार जनप्रतिनिधिहरुको घरपनि यसै गाउँपालिकामा भएपनि मुख्य समस्यालाई समाधान गर्न नसक्ने जनप्रतिनिधिहरुसँग कस्तो आश राख्न सकिन्छ। गाउँपालिकामा बसोबास गर्ने धनी, आट भएकाहरुले एसटेपलेजर जडान गरेर समस्यालाई टारिदै गएपनि गरिब निमुखाहरुलाई सास्ती खेप्नुपरेको बाध्यता रहेको छ ।