सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

भारतको दुई राज्यको सीमा क्षेत्रमा झडप हुँदा ६ प्रहरीको मृत्यु

 १२ श्रावण २०७८, मंगलवार  

काठमाडौं। भारतको दुई राज्यको सीमा क्षेत्रमा झडप हुँदा ६ प्रहरीको मृत्यु भएको छ। भारतको आसाम र उत्तर पूर्वी राज्य मिजोरमका सीमामा उक्त झडप भएको हो।

झडपमा परी मृत्यु भएका ६ प्रहरी आसामका रहेका आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटमार्फत् जानकारी दिएका छन्।

सीमा क्षेमा सोमबार स्थानीय र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा गोलीसमेत चलेको थियो। सीमा विवादमा दुवै राज्यका मुख्यमन्त्रीहरुबीच केही समय अघिबाट तिक्ततासमेत छाएको छ।

यो विवादलाई मिलाउन यसअअघि भारतको गृहमन्त्रालयले पनि दुवै मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको थियो। तर विवाद समाधानको साटो सीमामा झनै तनाव बढिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै