बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एक अधुराे प्रेम कथा

 १६ श्रावण २०७८, शनिबार  

मलाइ बिहानै ८ बजे नै बिराटनगर पुग्नु थियो, बिहानै साढे ५ बजे तिर हतारमा उठियो, आमालाइ नि उठाएर आफ्नो लागि खाजा बनाउन लगाए किन कि कोरोनाको समय छ, सबै ठाउमा खाना नास्ता खाने जस्तो माहोल छैन, फ्रेस भए आमाले पकाउनु भएको नास्ता खाए, ब्याग तयार पारे यति गरुन्जेल ६ बजिसकेको थियो, आमालाइ हतारमा ल अब हिडे भनेर बाइक निकाले एउटा काधमा ब्याग बाेके, बाइक स्टार्ट गरे घरको गेट बाट बाहिर निस्किए ।
घर बाट हिडेको केहीबेरामा खल्तिमा राखेको मोबाइलमा अलार्म बज्यो, सधै जसो म साढे ७ मा उठ्ने गर्थे तर आज म बाटोमा पुगिसकेको थिए, एक छिन रोकेर अलार्म बन्द गरे । अगाडी बढ्दै जाँदा देवानगञ्ज देखि अलि अगाडी हरिनगरा भन्ने ठाउँ छ, एक जना सचिन मेहता मित्र बिहानै साइक्लिङ गर्दै थिए, गुडमर्निङ्ग नमस्ते भन्दै बाइक अलि स्लो गरे, मित्र भन्नू भो ओ हो जुगेश जी तपाईकाे उठ्ने समय भैसक्या हो ?? हास्दै भने परिस्थिति मित्र समय समयको खेल, कहिले ७/८ बजे सम्म सुतिन्छ कहिले ५ बजे हिडिन्छ, छर्लङ्ग उज्यालो भैसकेको थियो मलाइ बिराटनगर पुग्नु थियो समयमै, मित्रज्यु म लागे है ढिला हुन्छ भनेर अगाडी बढे, जल्पापुरकाे मारिया खाेलामा पनि मर्निङ वाक गर्नेहरु हिडिरहेका थिए, बिहानको चिसो मौसम, सरर हावा खादै म नि अगाडि बढ्दै गए बबिया, पाेखरी चाैक हुँदै सम्बाला पुगे, गाडीहरु नि खासै चलेका थिएनन, सडक खाली नै थियो मैले धान्न सक्ने स्पिडमा बाइक चलाउन कुनै कुराले अबरोध गर्ने जस्तो अवस्था थिएन ।
ईनरूवाको थोरै अगाडि सखुवा गाछी चाैकमा एक जना युवतीले हात दिएर बाइक रोक्ने इसारा गरिन । म दोधारमा परे बाइक रोक्ने कि नरोक्ने भनेर, जब नजिक पुगे मेरो हात र खुट्टाको दुइटै ब्रेक एकै पटक लागेको थाहा नै भएन, एक सुन्दर युवतीमा कति सम्म आकर्षण हुन्छ भन्ने कुरा त्यो बेला बुझे जब मैले नचाहदा नचाहदै मेरो बाइकको ब्रेक आफै लागेको थियो । गुलावी ओठ, खुइरो अँखा, ५.२ फिट जति हाइट, सिल्की कपाल, हेर्दै आकर्षक जिउडाल र मनमाेहक प्रफियुमकाे बास्नाधेरैमा ५ सेकेन्ड भित्र मैले सबै यी कुरा हेरेर भ्याइसकेको थिए । अनि मुसुक्क हाँस्दै सोधे हजुर भन्नुस, उनले उत्तर फर्काइन कता सम्म जानू हुन्छ मलाइ लग्दिनु हुन्छ ? आफुलाइ त के खोज्छस काना अँखा भने जस्तै भयो, मेरो बाइकले नि हुन्छ भने जस्तै लाग्यो, एक सिट खाली छ लग्दिउ न भने भने जस्तै लाग्यो, बोक्ने त बाइक हो बाइकले नै हुन्छ भने पछि मेरो के लाग्यो र हुन्छ भने मैले नि आवाज निकाल्दै ।
उनले फेरि सोधिन कति टाढा सम्म सम्म भनेर मैले फ्याट्ट बिराटनगर सम्म हाे हजुर भने, उनले खुसी हुँदै भनिन ए हो र ? अनि मैले सोधे तपाईं चाहिँ कहाँ सम्म जाने हाे ? , उनले उत्तर फर्काइन तपाईं जा सम्म लग्दिनु हुन्छ त्यहीँसम्म तर जाने त म नि बिराटनगर सम्मै हो, ए हो र ल बस्नुस म नि त्यहाँसम्म जाने हो, उनले फेरि सोधिन कसरी बसौ, तपाइलाई जसरी सजिलो हुन्छ त्यसरी नै बस्नुस, अनि हामी अगाडी बढ्यौं । अब बाइकको रफ्तार पहिले जस्तो रहेन, स्पिड चलाउदा उनको कपाल उडेर बिग्रीन्छ कि भनेर बिस्तारै चलाउदै थिए । कुरा गरे नि मजाले सुनिन्छ भन्ने तरिकाले चलाउँदै थिए, आफुले केही सोध्न सकेन, उनले केही सोधुन भन्ने चाहाना थियो, झुमका पुगिसक्दा पनि हामी दुवैबीच कसैबाट एक वाक्य पनि निस्किएन । बाटो तेस्तै त हो खाडलहरु आए ब्रेक लगाउनु पर्यो बाइक अझै स्लो भयो, उन्ले अनि बोल्न सुरु गरिन यो देशको बाटो कहिलै राम्रो नहुने भयो है सर भनेर, अ सधै यस्तै हो भने मैले नि । कुराकानीलाई अगाडी बढाउँदै मैले पनि फ्याटै बिचमा प्रश्न गरे, तपाई के गर्नु हुन्छ ? उनले भनिन म ईन्जिनियर हो बिराटनगर मै पढेकी हुँ, उतै काम गर्छु अस्ति शुक्रबार घर आएकी थिए, अब फर्किदै आफ्नो काममा, अनि तुरुन्त मलाइ प्रस्न गरिन तपाईं के गर्नु हुन्छ ? मैले नि रमाइलो पारामा भनिहाले राम्री ईन्जिनियरहरुलाई लिफ्ट दिने काम गर्छु कहिले यता कहिले उता, मेरो कुरा सुनेर खुब खुलेर हाँसिन उनि, उनको त्यो हाँशोको अनुहार हेर्न साइड एना मिलाए । क्लियर नदेखिए नि अलि अलि देखिएकै थियो , उनले भनिन खुब हसाउनु भो, अनि मैले भने हास्नुस मजाले स्वास्थको लागि फाइदा नै हुन्छ ।
अनि मैले फेरि सोधे कति बर्ष भो तपाईं बिराटनगर बस्न लाको भनेर, २ वर्ष भैसक्यो भनिन, अगाडि बढेकै थेउ हामी आफ्नै गतिमा … एक छिन मौन भएपछि बाइकको स्पिड अलिक बढ्यो खाल्डाे खाल्डाे तालको बाटो हुँदै लायन चाैक , हुदै अनि कलंकी चाैक पुगियो, कलंकी चाैक देखि अलि बाइक स्लो भयो अलि भिडभाड भएकै कारण उनले प्रश्न गरिन् , नास्ता खाने कि , मैले भने चिसाे पानी खानु पर्छ। उनले हुन्छ भनिन् अनि अगाडी बढ्यौं, मनमा कुराहरु खेल्न थाले अब चिसाे पानी खाए पछि त फेस टु फेस कुरा हुन्छ, फेरी सोचे यति राम्री केटीको पक्का पनि बोइफ्रेन्ड होला, अब सुरुकै भेटमा सोध्नु नि भएन, नम्बर नि माग्नु भएन, फेसबुकमा नि नाम के पो छ, नाम त उन्ले काजल मेहता भनेकी थिइन, तर फेसबुकमा त्यही नाम नहुन नि सक्छ, अनि आफै देखि आफैलाई प्रश्न गरे उनले त केवल लिफ्ट मागेकी हुन, फेरि यो सबै कुरा मलाइ किन चाहियो, बिराटनगर पुगे पछि उनी आफ्नो बाटो म आफ्नो बाटो किन सबै सोध्नु पर्यो, ह्या केही सोध्दिन अब भनेर म ढुक्क भाको थिए ।
ईटहरी आईसके पछि, अब एक छिन अराम गर्नुस थाक्नु नि भयो होला उनले भनिन, मैले हुन्छ भनेर बाईक रोकिए, अनि फेरि हामी नास्ता खान्न एक पसल भित्र गए, फ्रेस भएर बसे, बाइकको हावाले होला उनको कपाल बिग्रीसकेको थियो, गाजल अलि अलि बगेको थियो बाइकको हावा लागेर आँसु आएर होला, मैले हास्दै भने अनि गाजल र कपाल त उडिसकेछ त, अनि उन्ले हास्दै रोक्नुस म मुख धोएर आउछु भनिन, मुख धोएर आइन, अनि मौकामा जिस्काइहाले मेकअप भन्दा बिना मेकअपमा राम्री देखिनु हुने रैछ के, उन्ले हास्दै भनिन न हसाउनु न । उनले फेरि सोधिन तपाईं के गर्नु हुन्छ, मैले नि यहि मौकामा भनिहाले ईन्जिनियरहरुलाइ जिस्काउदै बस्छु, उनले हाँस्दै भनिन लास्टै कमेडी मान्छे हुनुहुदो रैछ,
यस्तो हसाउने मान्छे पाउने वाला तपाइको वाइफ लास्टै भाग्यमानी हुन्छिन् होला । मैले नि मौकामा चौका मारिहाले, आज सम्म त्यो भाग्यमानी भेट्टिएकै छैनन, त्यो भाग्यमानीको भ्याकेन्सी खाली नै छ, अब मैले नि था त पाउनु पर्यो कि उनको बोइफ्रेन्ड छ कि नै भनेर, तपाईं जस्ती राम्री ईन्जिनियर पाउने तपाइको बोइफ्रेन्ड पनि त भाग्यमानी नै हुन नि, अनि उनले हास्दै भनिन नहसाउनुस न सिधा सोध्नुस न मेरो बोइफ्रेन्ड छैन, ढुक्क भए हुन्छ, अनि मैले भने बोइफ्रेन्ड तपाइको छैन म कसरी ढुक्क हुने, अनि उनले फेरि भनिन भयो तपाईंलाई जित्न सकिन्न । मैले भनिहाले फेरि बोलेर त म जति कोहि सक्दैन, बोलेर म सङ्ग जित्ने केटि खोज्दैछु, उनले फेरि हास्दै भनिन सक्न त म सक्थे तर अहिले ट्राइ गर्न मन छैन, मैले नि मौकामा भनिहाले समयमै ट्राइ गरिहाल्नुस क्यारे अहिले भ्याकेन्सी नि खाली छ, उनले मेरो प्रस्नको उत्तर केही नदिएर हिन्नु अब भनिन, पैसा तिर्ने समय आयो मैले पैसा तिर्दैथे मलाइ पैसा तिर्न दिनु भएन, पछि कुनै दिन तपाइलाइ मौका दिन्छु भन्दै आफै तिरिन, अनि खनारकाे बिचमा पुगेको थिएउँ, बाइक रोक्न भनिन अनि गाडिमा यता उता गर्दा फोटो खिच्नै मिल्दैन एक दुई फोटो खिचेर जाउ न है भनिन अनि उनले आफ्नो मोबाइल बाट मेरो फोटो खिचिन अनि मैले मेरो मोबाइल बाट उनको, फोटो पछि म्यासेन्जरमा हाल्दिनु होला भनिन मैले हुन्छ भने अनि उनले आफ्नो फेसबुक आइडीको बारेमा सबै बताइन् ।
अब ट्राफिक चेक पोस्ट आयो, मैले बाइक रोके, लाईसेन्स र बुलुबुक चेक गराएर आए, बाइक म चलाउ भनिन, मैले हास्दै भने भयो मलाइ मर्नु छैन, बाइक आफै चलाए उनी पछाडि नै बसिन, अनि उनले फेरि भनिन कस्तो कास्ट के तपाइको दास मैले पहिलो पटक सुनेको । मैले नि भने मेरो नामको पछाडि त राम्रै देख्या छ तपाइको नामको पछाडि ट्राइ गर्नुस न कस्तो देखिने रैछ । साेनापुरकाे बाटोमा स्पिड लिमिट ४० भन्दा माथी चलाउन नमिल्ने, उनले अब सबै कुरा खुलेर गर्न थालिन सबै घरपरिवारको बारेमा भनिन उनले मेरो बारेमा सोध्थिन अनि म केही न केही बाहाना उनलाइ घुमाइहाल्थे, उनलाइ मेरो बारेमा यति मात्र था थियो कि म जुगेश दास अनि बिराटनगर जादैछु, उनले लगभग त्यो साेनापुरकाे बाटोमा सबै भनिसकेकि थिइन, त्यतिकैमा हामी दुहबी पुगियो, अर्को चेकपोस्ट सुरु भयो दुहबी पुलमा बिस्तारै हिनेउ, उनका सबै गफगाफ सुन्दै थिए, तेस्पछी त यस्तो लाग्दैथ्यो एक रेडियो बोल्दैछ म सुन्दैछु, उनी सबै आफ्नै कुरा सुनाउनमा ब्यस्थ थिइन अनि कुनै कुनै बेला मलाई सोध्दैथिइन कि तपाईंलाइ मेरो कुरा दिक्क लाको त छैन, नाइ रमाइलो लाग्दैछ भनेर सुन्दैथे, राजबन्सी चाैक पुगे, अनि समान्य कुरा गर्दै हामी कन्चनबारी पुगेउँ, अनि बिराटनगर पुगेउ । उनले बरगाछीमा झर्ने कुरा गरिन, अनि हामी बरगाछी पुगियो, उत्रेर सबै भन्दा पहिले मेरो नम्बर मागिन अनि अनि उन्ले फेरि सोधिन प्लिज भन्नू न तपाईं के गर्नुहुन्छ ? अनि मैले अब धेरै घुमाउन मन लागेन सिधै उत्तर दिए म सञ्चारकर्मी हु , धेरै अनलाइन मिडियामा आबद्ध भई समाचार लेख्छु , उनले लामो सोरमा भनिन ओ …… पत्रकार हरु पनि यति गफाडी हुन्छन है, के गर्नुहुन्छ को उत्तर दिन पुरै ३ घण्टा लगाउनु भो, उनि अटोमा बसिन ल है बाइ भन्दै छुट्टिएर गइन, म नि आफ्नो बाटो लागे ।
म नि रुममा पुगे, नुहाएर फ्रेस भएर अब मोबाइल चलाउनु पर्यो भनेर मोबाइल चलाउन सुरु गरे, सुरुमै मेरो काम फेसबुकमा उनलाइ खोज्नु थियो, नाम टाइप गरेर सर्च गरे, फोटो देख्ने बित्तिकै चिनिहाले, लिभ इन बिराटनगर रिलेशनसिप स्टाटस् सिंगल, खुसी हुँदै तल स्क्रोल गरे, १ मिनेट अगाडी मात्र उनलाइ ट्याग गरेर उनको फोटो सहित एक पोस्ट गरेको थियो, “काजल तिम्रो बैकुण्ठ बास होस, म छाङगा बाट खसे जस्तै भए, जस्ले ट्याग गरेर पोस्ट गरेकी थिइन उनलाइ तुरुन्तै म्यासेज गरे के भएको भनेर उनको रिप्लाइ आएन, किन कि उनी मेरोमा साथी नै थिइनन, बाटो भरी सङ्गै आइयो, जिन्दगिको के नै भर हुने रैछ र, एक छिन सम्म हाँस्दै रमाउदै गरेकी उनी बिलिन भएर गइन, मलाइ बिश्वास नै थिएन, मोबाइल नम्बर थियो फोन गर्ने आट नै आएन तपाईं को भनेर फोन उठाउनेले सोध्दा म सङ्ग उत्तर थिएन, छटपटाइरहेको थिए, यत्तिकैमा ट्याग गर्ने केटिको रिप्लाइ दुर्घटना भएर । मैले कसरी भनेर सोधे, उनको जवाफ आयो घर बाट आउदैथी बरगाछी पुगे पछि अटोमा आउदा ट्रकले ठक्कर दिएछ, हस्पिटल सम्म नि लग्न पाएनौ, जिउ सिरिङ्ग भयो, अँखा बाट कति खेर आँसु आयो पत्तो नै भएन, अरु धेरै केही सोध्न मन लागेन, उनकी साथिले अर्को म्यासेज गरिन तपाईं को ? मैले म्यासेज सीन गरेर छोडे, उत्तर म सङ्ग थियो तर दिनै मन लागेन, जिवनमा धेरै मान्छेलाइ लिफ्ट दिइयो तर उनी सङ्ग त्यो वाटोमा बिताएका पल, उनको त्यो एकोहोरो बोलिरहने बानी, दैब पनि कस्तो रैछ यति सम्म निस्ठुरी हुने रैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै