बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

साना किसान नक्टाझिजले किसानहरूका लागि पावर स्प्रेयर मेसिन खरिद गरे

 १७ श्रावण २०७८, आईतवार  

दिवेश कुमार महतो,मिथिला धनुषा ।  साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड इलाका कार्यालय बर्दिवास महोत्तरी र साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजको संयुक्त लगानीमा सामुदायिक समाजिक कार्यक्रम अन्तर्गत औषधी छर्ने पावर स्प्रेयर मेसिन खरिद गरिएको छ।

जुन पावर स्प्रेयर मेसिन जुनसुकै विकट ठाउँमा जान सक्ने विधुतीय मेसिन जसले आप, गहुँ, उखु,मकै,साग सब्जी आदि प्रयोजनका लागि किसानहरुलाई किसानी गर्न सजिलो हुनेछ ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मिथिला नगरपालिका वार्ड नं-२ नक्टाझिज धनुषा मा आबध्द किसानहरू साना किसान मा सम्पर्क राखि उक्त पावर स्प्रेयर मेसिन प्रयोग गर्न साना किसान नक्टाझिज सबै मा हार्दिक अपिल गर्दछ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिज प्रतिटोलले किसानहरुका लागि समय समयमा विभिन्न कार्यक्रमहरू मार्फत किसानहरू लाई सबै दृष्टिकोणबाट सहयोग गरिरहेको र किसानहरुको हित का लागि सधैं साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिज तत्पर रहने कुरा साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिज का सह- प्रवन्धक सुरेश कुमार महतोले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै