बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

कक्षा १२ सहित सबैखालका परीक्षा स्थगित गर्ने तयारी

 १८ श्रावण २०७८, सोमबार  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ। कोभिड–१९ को जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको हो।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न प्रस्ताव लैजाने बताए।

सोमबार सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन्।

स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै