बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरमा जताततै मदिरा पसल संचालन नगर्न अध्यक्ष साह र युवाद्वारा आग्रह

 १८ श्रावण २०७८, सोमबार  

जनकपुरधाम ।  जनकपुरको माछा र मासु बजारसहित सडकको नजिक जताततै रक्सी (मदिरा) पसल संचालन नगर्न वडा अध्यक्ष साह र युवाहरुको टिम लगायत स्थानीय प्रहरीद्वारा जनचेतनाका साथ व्यवस्थापन मिलाउन पहल गरिएको छ ।
सडकमा रहेका मदिरा पसलका कारण आउने ग्राहकले सवारीको पार्किङ सडकमै गर्छन् । व्यस्त सडकमा हुने अव्यवस्थित पार्किङले ट्राफिक जामसँगै दुर्घटनाको जोखिम हुन नदिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष जानकी राम साह, वडा सदस्य नाजिर हुसेन लगायत मो. मोनाजिर राइन, दिलदार हुसेन सहित स्थानीय प्रहरीको टोलीले जनचेतना गराउदै खुलेका मदिरा पसल र मेन रोडमा सञ्चालन रहेका पसललाई व्यवस्थापन मिलाउन पहल गरिएका हुन्।
वडा अध्यक्ष साहले भने, “सडक लगाएर खुलेका मदिरा पसल र मेन रोडमा सञ्चालन रहेका पसलका कारण पैदलयात्रीले पनि समस्या भोगिरहेका छन् । स्थानीय मेयरले पार्किङको व्यवस्थापन गर्न सकेको छैन । माछा मासु बेच्ने र मदिरा सडकमै संचालन भएपनि स्थनीय निकाय मौन बसेका छन् । जसका कारण सडक परिसर जताततै फोहोर हुन्छ र ग्राहकले सडकमै पार्किङ गर्नुपर्ने बाध्यता पनि छ” उनले भने ।‘व्यवसाय सञ्चालन गर्नेले पार्किङको व्यवस्था गर्नुपर्ने हो तर यसमा कसैले ध्यान दिएका छैनन् । बजारको परिस्थिति हेरेर सवारी आवागमनलाई असन नपर्ने गरी पार्किङ गर्न दिइएको उनको भनाइ छ ।
“सडक पेटीमा संचालन हुने अव्यवस्थित मदिरा पसलका कारण पैदलयात्रीलाई बाटो बिचमा हिड्नु पर्ने अवस्था हेरिएको छ । माछा बजारमा मदिरा पसलेले चासो नदिँदा पार्किङले समस्या निम्त्याउँछ, अव्यवस्थित पसलका कारण पैदल यात्रीले सडक पेटीमा हिँड्नसमेत पाउँदैनन् । ‘पैदल यात्रा गर्दा पनि जोखिम मोलेर हिँड्नुपर्छ” स्थानीय नेता हाकिम राइनले बताउनुभयो ।
साथै, माछा बजारमा रहेका मदिरा पसलको अव्यवस्थित पसललाई व्यवस्थित गर्न चुनौती रहेको वडा सदस्य नाजिर हुसेनले बताए । व्यवस्थापनलाई व्यवस्थित गर्न सर्वसाधारणले पनि चासो दिनुपर्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै