बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बेरोजगार र नशाको प्रलोभनमा परी युवापुस्ताहरु चोरी-डकैती तर्फ अग्रसर

 १९ श्रावण २०७८, मंगलवार  

विनोद महतो/  गएराती धनुषाको धनुषाधाम नगरपालिका वडा नं ८ कुम्हरामा डकैती भएको छ। बेरोजगार र नशाको प्रलोभनमा परेर युवापुस्ताहरु चोरी डकैती गर्नेतिर लागीपरेका छन्।

धनुषाधाम नगरपालिका वडा नं. ८ कुम्हरा टोल बस्ने ५५ वर्षीय विजय बनरैत यादवको घरमा डकैती भएको हो । यादवका अनुसार १७/१८ जनाको संख्यामा मुख छोपेर आएको डाकाँहरुको समूहले यादवको कञ्चटमा पेस्तोल तेर्साएर लुटपाट गरेको छ ।

यादवको कान्छो छोरा १६ वर्षीय अनिल यादव, ज्वाई ३० वर्षीय मञ्जय यादव र छोरी २६ वर्षीया कामनी यादवलाई कुटपिट समेत गरेको छ । डाँकाले यादवको छोरी २५ वर्षीया कामनीलाई रड प्रहार गरेर टाउको फुटाइ दिएको छ भने ज्वाई मञ्जयलाई रडले कुटेको छ । उनीहरुको स्थानीय स्तरमा उपचार गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

डाँका समूहले राति करिव १/२ बजेको समयमा हातहतियारसहित आएको डाकाँले यादवको घरबाट २ तोला सुन, ६० तोला चाँदीको कारा र ३ थान मोबाइल सेट लुटेर पीडित यादवले बताएका छन् । दर्जनौको संख्यामा हतियार सहित डाँकाहरु देखेपछि स्थानीयहरु प्रतिकार गर्न डराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै