सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

म इन्जिनियर नेपाली नागरिकता कहिले पाउने ? – युवाहरू उत्रिए एक्सनमा

 २० श्रावण २०७८, बुधबार  

नागरिकताबाट बन्चित हुँदै आएको भन्दै नागरिकता विधेयक अविलम्ब पारितको माग गर्दै काठमाडौंमा आज प्रदर्शन भएको छ ।

नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयन गराउन माग गर्दै प्रदर्शनकारीहरूले माइतीघरमा प्रदर्शनका हुन् ।

साथै नागरिकता नपाएर विगतमा गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पाउनुपर्ने पनि उनीहरूको माग रहेकोे थियो । प्रदर्शनकारीहरूले ‘म इन्जिनियर नेपाली नागरिकता कहिले पाउने’, ‘हामी नागरिकताविहीन नेपालीले नागरिकता कहिले पाउने’ लगायतका प्लेकार्ड बोकेका थिए ।

आमाको नामबाट नागरिकता पाउनुपर्ने मागसहित उनीहरूले आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै