बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

स्वास्थ्यमन्त्री बन्ने तयारीमा गगन थापा

 २१ श्रावण २०७८, बिहीबार  

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन्। तर, संयुक्त सरकारमा आफूलाई मन्त्री बनाउनका लागि प्रधानमन्त्रीलाई दबाब नदिने उनले बताए।

भरतपुर विमानस्थलमा पत्रकारसँग थापाले भने, ‘प्रधानमन्त्रीले मलाई संसदमै राखेर काम गराउन उचित हुन्छ भन्ने लाग्छ भने सांसद भएर नै काम गर्छु। हैन यो बेलाको सन्दर्भमा कुनै मन्त्रालयको जिम्मेबारी दिएर काम गराउनुपर्छ भन्ने उहाँलाई लाग्यो भने मन्त्री भएर काम गर्न तयार छु।’

थापाले संयुक्त सरकारका आफ्नै सीमा हुने भएकाले अप्ठ्यारो बेला आएको सरकारमा प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनुपर्ने बताए। ‘संयुक्त सरकारका आफ्नै सीमा हुन्छन्। यो अप्ठेरो बेला आएको सरकार हो। स्वभाविक रुपले आएको हैन। १२-१५ महिनाको समयभित्र महत्वपूर्ण कामहरु सम्पन्न गर्नुपर्ने छ यो बेला प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनुपर्छ,’ थापाले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै