बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेतृत्वकर्ता सक्षम, इमानदार र भ्रष्टाचार शून्य हुनुपर्छ : उपाध्यक्ष सलामत राईन

 २१ श्रावण २०७८, बिहीबार  

देश विकासका लागि देशप्रति माया गर्ने र सकरात्मक सोच राख्ने साथै दिगो देश विकासका लागि विकास व्यवस्थापन सबल हुनुपर्छ । व्यवस्थानपनको नेतृत्वकर्ता सक्षम र इमानदार हुनुपर्छ र भ्रष्टाचार शून्यमा हुनुपर्ने ‘धनुषा चेम्बर अफ कमर्स’ का उपाध्यक्ष सलामत राइनले एक अन्तरवार्ताबीच बताउनुभएको छ ।

“नेताहरूको पेट दुख्दासमेत राज्यको खर्चमा विदेश उपचार गर्न जान्छन् । देशको सम्पत्तिको सदुपयोग नभएर द्रुपयोग गर्नमा लागेका छन् । देश त्यसै कहाँ बन्छ र ? देशलाई हामी सबै मिलेर बनाउनु पर्छ, देश विकासको लागि प्रत्येक नागरिकले सोच बदलौ । नेपालमा न विकास व्यवस्थापन सबल छ, न कर्मचारीतन्त्र सक्षम र इमानदार छ, न भ्रष्टाचार कम छ । तिनवटै कुरामा नेपाल कमजोर हुँदा देशको विकासले गति लिन सकेको छैन । राजनीतिक सत्ता र ओहदाका लागि सरकार बनाउने र खसाल्ने पक्षमा बढी अभ्यस्त छन्। राजनैतिक स्वार्थका कारण नेपाल राज्य कमजोर भएका छन्। नेपालमा समय समयमा विभिन्न राजनैतिक परिवर्तन भएका छन् र त्यसको प्रभाव प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विकासमा परेको देख्न सकिन्छ।” उनले बताए ।

उपाध्यक्ष राईनले फेरि भने, ‘राजनीतिक नेतृत्वमा आएपछि समाजलाई सही दिशामा डोहोर्‍याउने काम गर्नुपर्छ । कस्तो नेतृत्वकर्ता चाहिएको हो भन्ने आजको पुस्ताले राजनीतिप्रतिको बुझाइ, अपेक्षा र भोलिको परिकल्पना गम्भीरतापूर्वक चिन्तन मनन् गर्नुपर्छ भन्ने लाग्छ ।  के नेता निरपेक्ष रुपमा खराब हुन् त ?  कि हामीले नेता मान्ने हाम्रा सामाजिक र मनोवैज्ञानिक मापदण्ड खराब हो ?  नेता भनेको चरित्र हो या अमूक व्यक्ति ?  समाजले आफ्नो औकात अनुसारको नेता पाउँछ भनेजस्तो हाम्रो औकात नै यतिमात्र हो त ?  यी सबै विषयमा हामीले अनिवार्य रुपमा सोच्नपर्ने बेला आएको छ ।  हाम्रो समाज र संकीर्ण सामाजिक मूल्य मान्यताहरु जहीँको त्यहीँ छ। हाम्रा दुःखहरु उस्तै छन्।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नामका तीनवटा तन्त्र अभ्यास गरिसक्दा समेत हाम्रो जीवनको गुणस्तरमा तात्विक विकास भएको छैन। उदाहरणमा भन्दाखेरि विकासका नाममा बजेटको दोहन गरी बनाइएका गुणस्तरहीन सडकमा दैन्य दुर्घटना भएर मानिस अकालमा मरिरहेका छन्। सरकारी अस्पताल नपुग्दै वा पुगेपनि ओल्लोपल्लो कोठा धाउँदा धाउँदै, डाक्टर भेट्न नपाउँदै र शल्यक्रियाको पालो नआउँदै ज्यान फाल्नेहरुको संख्या घटेको छैन। निजी स्कुलका विद्यार्थी र सरकारी स्कुलका विद्यार्थीले समान गुणस्तरको शिक्षा नपाउँदा समतामूलक समाज निर्माणको लक्ष्य झन् झन् टाढा हुँदैछ।  सबै नागरिकले अधिकारको समान उपभोग गर्नसक्ने प्रणालीको द्रष्टा र नेतृत्वकर्ता जन्माउन आवश्यक छ। हाम्रै जीवनकालमा सम्वृद्धिको सुनौलो सपना पूरा गर्नुछ। भावी पुस्तालाई एउटा सम्वृद्ध र सुशासित समाज हस्तान्तरण गर्नुछ।  तसर्थ : नेतृत्वकर्ता सक्षम, इमानदार र भ्रष्टाचार शून्य हुनुपर्छ।” उनले भने ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै