बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एमालेको स्थायी समिति बैठक जारी, यसरी हुदैछ दशौँ महाधिवशेनबारे छलफल

 २२ श्रावण २०७८, शुक्रबार  

नेकपा एमालेको स्थायी समिति बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुदैछ । शुक्रबार (आज) को बैठकले पार्टीको विधान संशोधन गर्ने तथा दशौँ महाधिवशेनबारे छलफल गर्ने भएको छ ।

माधव नेपाल समूहको केन्द्रीय कमिटी र स्थायी समिति बैठक बसिरहँदा अध्यक्ष ओलीले आफू निकट स्थायी समिति बैठक सुरु गरेका हुन् ।  माधव नेपाल पक्षका नेताहरुमाथि कारवाही गर्न सकिने समेत अध्यक्ष केपी ओली निकट एक नेताले जानकारी दिए ।

एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन तोकेको छ। ३ असोजमा वडा र ९ असोजमा स्थानीय तहको अधिवेशन गर्ने निर्णय निर्णय गरेको छ।  अध्यक्ष केपी ओली पक्षले यसअघिको बैठकबाट असोजको पहिलो साताभित्र स्थानीय तहका अधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएको थियो। तर वडा र नगर कमिटीको अधिवेशन रोकेर एकताका लागि पहल गर्न नेपाल पक्षको माग छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै