बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

ठाकुर–महतो मधेस दौडमा, यस्तो छ योजना

 २३ श्रावण २०७८, शनिबार  

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ ।

सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत ग¥यो । जहाँ ठाकुर–महतो पक्षका शीर्षनेताले सम्बोधन गरेका छन् । निर्वाचन आयोगबाट अध्यक्ष यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर–महतो पक्ष संगठन निर्माणका साथै ‘यादवको अवसरवादी चरित्र भण्डाफोर गर्न’ भन्दै जिल्ला दौडाहामा लागेका हुन् ।

जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार बारा, सप्तरी, सिराहा र महोत्तरीमा एकै दिन विस्तारित बैठक सम्पन्न भएको छ । बारामा जसपा नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गरेका छन् ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै