सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

खसीको मासु भन्दै बाख्राको मासु बेचेर ठग्ने ४ जना प्रहरीको फन्दामा

 २३ श्रावण २०७८, शनिबार  

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकी खसीबजारबाट चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले भारत विहारका ६७ वर्षीय गुलामरसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसीलाई पक्राउ गरेको हो।

गुलामरसोलले जिउँदो खसी बेच्न राखेको पसलमा बाख्राको मासु बेचेको पाइएको हो। उनीहरूले बाख्राको पहिचान खुल्ने अंगहरू लुकाएर खसीको मासुमा मिसाएर खेच्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले उनीहरूलाई बिक्री वितरण गर्नको लागेको १५ वटा बाख्रा बरामद गरेको छ। साथै दुई वटा बाख्रीको मासु बेच्नको लागि तयारी अवस्थामा राखिएको थियो।  setopati

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै