सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

नेपाल विकासबारे भारतको रक्षामन्त्री र राज्यमन्त्रीबीच अध्यक्ष अन्सारीको भेटवार्ता

 २३ श्रावण २०७८, शनिबार  

भारतको रक्षामन्त्री र राज्य मन्त्रीबीच मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको भेटवार्ता भएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसंग भारतको रक्षामन्त्री राजनाथ सिंह र राज्यमन्त्री डा. भि.के सिंह बीच शिष्टाचार भेटवार्ता भएको हो ।

भारत भ्रमणमा रहनु भएका अध्यक्ष अन्सारीसंग रक्षामन्त्री र राज्यमन्त्री बीच आज नयाँदिल्लीमा भेटवार्ता भएको थियो । भेटवर्ताका क्रममा अध्यक्ष अन्सारीलाई भव्य स्वागत समेत गरेको छ ।

भेटवार्तामा नेपाल र भारतबीच सहयोग आदान प्रदानका विषयमा कुराकानी र छलफल भएको छ । भने एक कार्यक्रम अन्तर्गत बीच स्वास्थ्य क्षेत्रका विकल्प , शिक्षाक्षेत्रमा राम्रो विकास , शिक्षामा छात्रवृत्तिको व्यवस्थापन, सामाजिक, आर्थिक सेवा र विकास परियोजनाहरूको निर्माण र नेपालको विकासमा जनताको विशिष्ट आवश्यकताहरू र प्राथमिकताका विषयमा छलफल भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै