बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपाल परिवार दल जनताको बन्दै आस, आज फेरि गरिबलाई राहत

 २३ श्रावण २०७८, शनिबार  

धनुषा । नेपाल परिवार दलका राष्ट्रिय अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल नेतृत्व पाटीले प्रदेश नम्बर २ को आठ वटै जिल्लामा अतिबिपन्न, गरिब परिवारलाई राहत वितरण कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत आज धनुषाको मिथिला बिहारी नगरपालिका वडा न .१० मा अतिबिपन्न ३५ घर धुरी परिवारलाई राहत वितरण गरिएको पार्टीका जिल्ला अध्यक्ष अब्दुल कैयुम शाहले बताउनुभयो ।

ढकाल नेतृत्वको पार्टीले प्रदेश न.२ भरिका जिल्लामा कोभिड -१९ ले ग्रसित अतिविपन्न परिवारलाई राहत बाटनलाई रु .४५ लाख छुट्याएको जनाएको छ । त्यसैगरी महोत्तरीको मटिहानी नगरपालिका अन्तर्गत धिरापुरमा पनि राहत वितरण कार्यक्रम गरिएको छ । भोली आइतबार सिरहा र सप्तरी जिल्लामा राहत वितरण कार्यक्रम गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै