बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सुनसरीमा जसपा काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेशको लर्को

 २४ श्रावण २०७८, आईतवार  

अजमल अन्सारी, सुनसरी ।  सुनसरीको बर्जु गाउँपालिकामा जसपा, काङ्ग्रेस, फोरम विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेशको लर्को चलेका छन्। गाउँपालिकाको वडा नम्बर ४ मा मात्रै जसपा, काङ्ग्रेस फोरम लगायत पार्टी परित्याग गरि १२५ जना नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेसका क्रियाशिल समेत रहेका दानिस अन्सारी, सज्जाम अन्सारी, फिर्दोस अन्सारी र अन्य पार्टीबाट बुधनारायण चाैधरी, धरमजित चाैधरी लगायत १२५ जना नेकपा एमालेमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व राज्य मन्त्री भगवती चाैधरीले टिका माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेकि छिन्।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेको केन्द्रिय सदस्य भगवती चाैधरीले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गरेका छिन् । “ चाैधरीले भनिन् “देशभर नै अरु पार्टीबाट नेकपा एमाले प्रवेश गर्नेको सङ्ख्या बढेसँगै अर्को निर्वाचनमा नेकपा एमालेले सफलताका साथ विजय हासिल गर्ने देखिएको छ । मुलुकलाई समृद्ध बनाउन सरकारमा फ़ेरि नेकपा एमालेको अभाव खड्किएको जनताले गुनासो गरिरहेको जिकिर गरेका थिइन् । पार्टीमा प्रवेश भएकाहरुलाई शुभकामना दिदै पार्टीलाई मजबुत बनाएर अगाडि बढाउन बताएका छिन् । एक अर्कालाई साथ सहयोग गरेर अगाडि बढ्न आग्रह गरेकी छिन्।

बर्जु गाउँकमिटी अध्यक्ष दिलकुमार गुरुङको अध्यक्षयतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्र सदस्य तथा पुर्व राज्यमन्त्री भगवती चाैधरी, बर्जु गाउँकमिटीका सदस्य तथा अनेरास्ववियु बर्जुका संयोजक इन्जिनियर सद्दाम हुसेनको उपस्थिति रहेको थियो ।

नव प्रबेशिहरुलाई स्वागत गर्दै अधिकाशं बक्ताहरुले पार्टीले नेत्तृत्व गरेको नेकपा एमालेले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल बनाउन सिंगो पार्टी एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै