सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

भीम रावल माकुने समूहको वार्ता संयोजक हो कि ओलीको ? यस्तो छ नेताहरूको प्रश्न

 २४ श्रावण २०७८, आईतवार  

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरु नेपाल पक्षीय वार्ता टोलीका नेताहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्।

माधव नेपालको तर्फबाट वार्ता गर्न गएका नेताहरु केपी ओलीका जस्ता देखिएको र आफ्नो समूहमाथि घात गरेको भन्दै उनीहरु आक्रामक बनेपछि वार्ता टोली संयोजक भीम रावल प्रतिवादमा उत्रिए।

जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीले वार्ता टोलीको भूमिकामाथि प्रश्न उठाएपछि रावल जुरुक्क उठेका थिए। उनले आफूहरुले पार्टी एकताका लागि मेहनत गरेको भन्दै बाहिर मिडियामा मनपरी बोलेर वातावरण बिगार्न खोजेको समेत आरोप लगाए।

बिहीबार माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक केहीबेर तनावग्रस्त बनेको थियो। कार्यदलका तर्फबाट भीम रावलले जवाफ दिएका थिए। केहीबेर केन्द्रीय सदस्य र रावलबीच भनाभन परेको थियो। रावलले केपी ओलीको आलोचना गर्दा फ्लोरबाट झाँक्री लगायतले ‘यहाँ भनेको कुरा ओलीको सामुन्ने बोल्न सक्नुहुन्छ ?’ भन्दै प्रतिप्रश्न गरेका थिए।
बैठकमा जगन्नाथ खतिवडाले भने- कार्यदलमा रहेका नेताहरूले अध्यक्ष ओलीकहाँ पुगेर ओलीलाई खुसी पार्ने कुरा गरिरहेको बताए।

बैठकमा कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए। रावलले कार्यदलले गरेका उपलब्धी सुनाउँदै गर्दा ‘फ्लोर’बाट उनीमाथि नै प्रश्न उठेको थियो। आफ्नो आलोचना भएपछि भीम रावल पनि त्यसको प्रतिवादमा उत्रिदा केहीबेर भनाभन परेको थियो।

बैठकमा सहभागि एक केन्द्रीय सदस्यले बिजय गुरुङ, बिजय पौडेल, रामकुमारी झाँक्री, राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडा र चुँडामणी जंगलीले माधव नेपालको प्रतिनिधि बनेर माधव नेपाललाई नै असहयोग गरेको भन्दै रावलमाथि आक्रोस पोखेका थिए।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले कार्यदल र भीम रावलप्रति लक्षित गर्दै माधव नेपालको नाम लिएर कार्यदलका नाममा माधव नेपाललाई नै धोखा दिने काम भएको आरोप लगाएका थिए।

अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले भने, ‘माधव नेपालको मान्छे भएर कार्यदलमा जाने तर माधव नेपाललाई साथ नदिने ?,’ उनको आक्रोस थियो, ‘आफुखसी गर्ने ?’ रावललाई रामकुमारी झाँक्रीले भनिन्, ‘आज तपाईंले यहाँ भित्र जे कुरा भन्नुभयो त्यो बाहिर गएर भन्न सक्नुहुन्छ ?’, रावललाई रामकुमारीको प्रश्न थियो, ‘यही कुरा ओलीको अगाडि भन्न सक्नुहुन्छ ? मिडियामा गएर बोल्न सक्नुहुन्छ? ’ झाँक्रीले रावलमाथि आक्रोस पोखिरहँदा नेता नेपाल भने खुसी नै देखिएको ती केन्दीय सदस्यले बताए।

कार्यदलमा रहेका अन्य सदस्यहरुले रावलमाथि प्रश्न उठाइरहँदा उनको खासै प्रतिरक्षा गरेनन्। आफूमाथि उठ्ने प्रश्नमा रावल जंगिन खोज्दा उल्टै उनीहरुले प्रश्नहरु उठ्न दिन आग्रह गरेका थिए। झपट रावलले भने १० बुँदे ठीक भएको भन्दै त्यसकै जगमा टेकेर अगाडि बढ्नु पर्ने धारणा रोखका थिए।  साभार : लोकपाटी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै