गढिमा कलश यात्रा तथा सम्मान कार्यक्रम सम्पन्न ।
जुगेश दास
इनरुवा । सुनसरीको गढी गाउँपालिकामा दोस्रो कलश यात्रा तथा मान सम्मान कार्यक्रम सप्पन्न भएको छ
गढी गाउँपालिका वार्ड न ३ शिव चोक तथा शिवमन्दिरको प्राङ्गणमा आज सोमबार कार्यक्रम सप्पन्न भएको हो। श्रावण महोत्सव तथा शिवालयहरुमा पुजा आर्धना चलिरहेकोले शिव भक्तहरुका लागि गाउँमै श्री शिव मन्दीर स्थापन भएकाले प्रत्येक बर्ष श्रावण महत्सव मनाउदै आएका हुनाले यस बर्ष पनि शिव मन्दिर परिवारले कलश यात्रा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको मन्दिर व्यवस्थापन समितीका सचिव कमल किशोर शर्माले जानकारी दिनु भएको छ ।
कलश यात्रा तथा मान सम्मान कार्यक्रमका प्रमुख अतिथि गढी गाउँपालिका पालिका अध्यक्ष श्री प्रसाद यादवले गर्नु भएको थियोे । भने पालिका अध्यक्ष यादवले सभा लाई सम्बोधन गर्दे गत बर्षमा निकै उत्साह देखिएको थियोे । तर यस बर्ष अलिक कम उत्साह देखिएको हो। साथै आफुले मन्दिरका लागि सहयोग र सात गर्ने प्रतिबद्धता जाहिर गर्दे कार्यक्रममा उपस्तिथि सबै लाई श्रावणको शुभकामना दिदै शिव भगवान प्रती आस्था राख्ने सम्पुर्ण लाई महादेवले रक्षा तथा कल्याण गर्ने छ भन्दै कार्यक्रम बाट बिदा भएका थिए ।
कलश यात्रामा कार्यक्रममा १ सय भन्दा बढी महिला तथा युवतीहरुको सहभागीता रहेको थियोे । भने मन्दिर निर्माणकार्य तथा कलश यात्रामा सहयोग गर्ने र कार्यक्रममा सहभागीता रहेको केही महिलाहरु लाई अबिरको टीका लगाइ, दोसल्ला ओढाएर स- समान पत्र दिई सम्मान गरेको कलश यात्रा समितीका सदस्य अमरेश मेहताले बताए ।
शिव मन्दिर निर्माणका लागि १० धुर जग्गा दिने जग्गा दाता स्वर्ग हरि चरण चोधरीको परिवार लाई समेत अबिरको टीका लगाइ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेर संमान गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्षले पर्मेश्वर मेहताले बताए ।
त्यसै गरि कार्यक्रमको स्वागत मन्तव्यमा वार्ड न ४ का वडा अध्यक्ष रामचन्द्र मेहताले सबैको सहयोगमा कार्यक्रम सुरु गरेको र धर्म प्रती जागरुक विश्वास राखने सम्पुर्ण श्रद्धालु भक्तजनहरु लाई श्रावणको शुभकामना दिदै धन्यवाद ज्ञपन गर्नु भएको थियोे ।
कार्यक्रममा वार्ड न ३ का वडा अध्यक्ष टुना लाल चोधरी , समाज सेवि डिएन मेहता , समाजसेवी फुलचन मेहता लगायतका धर्म प्रती आशा विश्वास राख्ने गाउँ समाजका २०० भन्दा बढी मानिसहरूको उपस्थिति रहेको थियो ।