सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

जनकपुरमा रहेकोे राजर्षि जनक विश्वविद्यालयका शिक्षकहरू किन भए आन्दोलित ?

 २५ श्रावण २०७८, सोमबार  

उज्ज्वल कुमार झा जनकपुरधाम। धनुषाको जनकपुर स्थित राजर्षि जनक विश्वविद्यालय क्याम्पसका शिक्षकहरू आन्दोलित भएका छन् ।

स्थापनाकालदेखि नै पढाउँदै आएका शिक्षकहरूले आन्तरिक प्रक्रियाबाट करार गरिनुपर्ने माग राख्दै आइतबारदेखि आन्दोलनमा उत्रेका हुन् । चार महिनादेखि आकरार नियुक्त गर्न माग गरेपनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेको शिक्षकहरुले बताएका छन् ।

पपहिलो चरणको आन्दोलनअन्तर्गत निधारमा कालोपट्टी बाँधेर अनलाइन कक्षा लिइएको शिक्षक संघका उपाध्यक्ष शम्भू पोखरेलले बताए।

साउन २९ गतेभित्र आफूहरूका माग पूरा नभए आन्दोलनलाई जारी राख्ने चेतावनी उनीहरूको छ । यहाँ २७ दरबन्दी खाली रहेको र ती दरबन्दीमा करारमा आफूहरूलाई नियुक्त गर्न आन्दोलनरत पक्षले माग गरेको छ।

करार नियुक्त गरिएमा आफूहरूले धेरै समय दिन सक्ने र पठनपाठन राम्रो हुने पनि उनीहरूले बताउने गरेका छन्।

उपकुलपति भरत झा र रजिष्ट्रार महेन्द्र यादवको पदावधि अगामी पुससम्म मात्र छ। शिक्षकहरूले आफूहरू निजी क्याम्पस छाडेर सेवा गर्न आएको बताएका छन्।

क्याम्पस प्रमुख बिनोद कर्णले खास विषय पठनपाठनका लागि करारमा मात्रै शिक्षक राख्ने गरिएको बताउँदशै करारमा शिक्षक नियुक्त गर्न आफूले नसक्ने र त्यो अधिकार केन्द्रीय कार्यालय कार्यकारिणी परिषदलाई भएको बताए। आजको न्युज

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै