बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउने प्रस्ताव मन्त्रिपरिषदमा पेस

 २६ श्रावण २०७८, मंगलवार  

लामो समयदेखिको लोडसेडिङ अन्त्य गरेर आम नागरिकको वाहवाही पाएका कुलमान घिसिङलाई पुनः नेपाल विद्युत् प्राधिकरणमा भित्र्याउन सरकारले प्रक्रिया अघि बढाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रस्ताव प्रस्तुत गरेकी हुन्।

 

मन्त्रालय स्रोतका अनुसार यसबारे निर्णय भने भएको छैन। प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमा सरुवा गरी घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रस्ताव मन्त्रिपरिषद् लगिएको हो। स्रोतको दाबीअनुसार कानुनी अड्चनका कारण  शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गर्ने र घिसिङलाई प्राधिकरणमा नियुक्ति गर्ने प्रस्ताव कानुनी अड्चनका कारण रोकिएको हो।

अर्थ मन्त्रालयले स्वीकृति दिएपछि निर्णय हुने स्रोतको भनाइ छ।

यसअघि गत साता ऊर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवाकै अगाडि घिसिङको नियुक्तिका लागि राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै