बिस्मिल्लाह नेपाल सोसाइटी ईम्प्रूभमेन्टद्वारा बिपन्न परिवारमा आर्थिक सहयोग

बिस्मिल्लाह नेपाल सोसाइटी ईम्प्रूभमेन्टले नगराईन नगरपालिका वडा नम्बर ६ लगमा गाउमा बसोबस गर्ने एउटा बिध्वा महिलालाई रू. ४०,०००/- चालीस हजार नगद सहयोग गरिएको छ ।
आइतबार यस संस्थाको सदस्यले उनकै घर पुगेर रू. ४०,०००/- चालीस हजार नगद हस्तानतरण गरेको हो । “मुटुले नेपाललाई बिज्ञान बनाऊ विश्व मै नेपाल लाई सर्वश्रेस्ठ बनाऊ” बेनात मदर्सा बनाउने अभियान लिएर हिडेका बिस्मिल्लाह नेपाल सोसाइटी ईम्प्रूभमेन्टको परिवारले विभिन्न किसिमका समस्यामा परेका मानवता देखाउदै मानव जातीलाई निरन्त्ररन २४ औं हेल्पपछि २५ सौ हेल्प लगमा गाउमा गरिएको छ ।
केही महिना अगाबै अजमत्त राईनको आकस्मिक निधन भएको थियो र उहाँको परिवारमा श्रीमती र सानो एउटा छोरा मात्र भएको हुनाले घर चलाउन निकै नै आर्थिक ईस्थिती नाजुक भएको हुनाले आज बिस्मिल्लाह नेपाल सोसाइटी ईम्प्रूभमेन्टको सम्पुर्ण परिवारले रु.४०,०००/- सहयोग गरेका हुन् ।
उक्त रकम उहाको श्रीमती मैमुन खातून र छोरा कलिम राईनलाई बिस्मिल्लाह नेपाल सोसाइटी ईम्प्रूभमेन्ट नेपाल टिमको अध्यक्ष अन्सारूल कवारीले बुझाएको छ । महासचिब मो.रजाक कवारी,सचिब सलामत राईन र सदस्य रब्बानी राईन ,बरिस्ठ सल्लाहकार कैयुम राईन लगायतको उपस्थितीमा सो रकम हस्तानतरण गरेको हो ।