बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रु. ९ लाख ९३ हजार जाली नोटसहित ३ जना पक्राउ

 २६ श्रावण २०७८, मंगलवार  

रौतहट ।  ईशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जनालाई आइतबार साँझ
प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका-९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका-४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै