बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

निजी गाडीको आयात यसरी बढ्दै

 २६ श्रावण २०७८, मंगलवार  

काठमाडौं ।  गएको आर्थिक वर्ष (आव) २०७७/७८ मा अन्य व्यवसायमा नकारात्मक प्रभाव परे पनि अटोमोबाइलको व्यापार भने बढेको देखिएको छ । अटोमोबाइलभित्रै सार्वजनिक बससहित अन्य केही सेग्मेन्टको व्यापार खस्किए तापनि समग्र रूपमा भने अटोमोबाइलको बजार फस्टाएको देखिएको हो ।

यस आर्थिक वर्षमा दुईपांग्रे र चारपांग्रे गरी निजी प्रयोजनको यातायातका लागि प्रयोगमा आउने सवारीको आयात ७० प्रतिशतले बढेको छ । जीप, कार, भ्यान र मोटरसाइकल तथा स्कुटरको आयातको तथ्यांक हेर्दा आव २०७६/७७ मा २ लाख ९ हजार ९ मात्रै रहेकोमा गएको आवमा उक्त संख्या बढेर ३ लाख ५५ हजार १८ पुगेको देखिन्छ ।

नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अनुसार गएको वर्ष निजी प्रयोजनका जीप, कार, भ्यानको आयात आव २०७६/७७ मा १० हजार ९७२ रहेकोमा गएको आवमा उक्त आयात बढेर १४ हजार ८४७ मा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै