बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

म्यानपावर कम्पनी र दलालहरुले जागिरको प्रलोभनमा मजदुरको रुपैयाँ लुट्दै

 २६ श्रावण २०७८, मंगलवार  

काठमाडौं : म्यानपावर कम्पनी र दलालहरुले विदेशी मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर सोझा एंव गरिब नेपाली युवाबाट वाषिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् ।

म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आकर्षक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन् । तर भनिएअनुसार काम र सुविधा पाउनुको सट्ट विदेश पुगेका युवा अलपत्र पर्ने गरेका छन् । यसरी प्रलोभनमा पारेर मिलेमतोमा लुटिएको रकम वार्षिक औसतमा १ अर्ब रुपैयाँ हाराहारी छ ।

वैदेशि रोजगार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७ / ०७८ मा मात्र म्यानपावर कम्पनी र दलालहरुले नेपाली युवाबाट १ अर्ब ३२ करोड रुपैयाँ लुटेका छन् । उक्त आर्थिक वर्षभित्र विभिन्न विदेशी मुलुकमा आकर्षक रोजगारीमा लगाउने आशा देखाएर पठाइएका युवाले आफूहरु ठगिएको भन्दै विभागमा उजुरी दिएका थिए ।

ती युवाले विदेश जान आफूहरुले १ अर्ब ३२ करोड रुपैयाँ बुझाएको दाबी गर्दै असुलउपरका लागि विभागसमक्ष निवेदन पेस गरेका थिए । गत वर्ष मात्र होइन, विभागको तथ्यांकअनुसार पछिल्ला ६ वर्षमा यस्तै प्रलोभनमा पारेर ९ हजार १ सय जनालाई अलपत्र पारिएको छ भने उनीहरुबाट करिब ५ अर्ब रुपैयाँ लुटिएको देखिएको छ । विभागले यो रकम असुलउपर गर्नुपर्ने भनेको छ ।, याे समाचार नागिरक दैनिकमा छापिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै