बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

माइकमा करेन्ट प्रवाह भएर धनुषामा दुई जनाको घटनास्थलमै मृत्यु

 २६ श्रावण २०७८, मंगलवार  

माइकमा करेन्ट प्रवाह भएर धनुषामा करेन्ट लागेर दुई जनाको घटनास्थलमै मृत्यु

दिवेश कुमार महतो
महेन्द्रनगर, साउन २६ गते ।

धनुषामा आज करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । प्रदेश नं-२ को अस्थायी राजधानी जनकपुरधाम देखि उत्तरी भेगमा पर्ने धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ पर्सा टोलका बुलन यादवको घरमा भजनकिर्तन गर्दै गर्दा माइकमा करेन्ट प्रवाह भएर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको र घटना विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरिक्षक तिलक बहादुर सुनारले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै