बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

 २७ श्रावण २०७८, बुधबार  

बुटवल : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहका पाण्डेयले मंगलबार राति राजीनामा पत्र दिएका हुन् ।

‘प्रदेश सरकारले संविधान एवम् कानुनलाई सर्वाेपरी ठानी कुशलता पूर्वक सरकार सञ्चालन गर्दै आएकोमा अहिले परिस्थिति भिन्न भई मेरो गम्भीर ध्यानाकर्षण भएको हुँदा सिद्धान्तको राजीनि गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा उक्त सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानी जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश सभा संसदीय दलको २०७८ साउन २६ गतेको निर्णय अनुार लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने गरी निर्णय भएको हुँदा सोही बमोजिम आजको मितिदेखि नै लागू हुने गरी राजीनामा गरेको छु’ उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै