मुस्लिम आयोगद्वारा इस्लामिक नयाँ वर्षको शुभकामना
न्युज डेस्क
२७ श्रावण २०७८, बुधबार

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले इस्लामिक नयाँ वर्ष हिज्री १४४३ को शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष अन्सारीले बुधबार शुभकामना सन्देशमा सम्पुर्ण नेपालीमा शुख, शान्ति, समृद्धि तथा सु-स्वास्थ्यको कामना गर्दै कोरोना संक्रमणको महामारी विरुद्ध लड्न अल्लाहसंग दुआ (प्रार्थना) गर्नुभएको हो ।
मुस्लिम समुदाय हिज्री पात्रोंलाई अनुसरण गर्दै सबै चाड पर्व अर्थात ईदुलफित्र, ईदुल अज्हा, रमजान महिनाको ब्रत, हज , मुहर्रम इत्यादि हिज्री पात्रों अनुसार नै गर्छन। मुस्लिम समुदायका लागि यो महीना महत्वपूर्ण रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै