सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

हिमालय युवा क्लव नक्टाझिज (बी) टिम फाइनलमा प्रवेश पहिलो सेमिफाइनलमा किसानपुर १ गोलले पराजित

 २७ श्रावण २०७८, बुधबार  

 

विनोद महतो
महेन्द्रनगर, साउन २७ ।

धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवको आयोजनामा भईरहेको फुटबल प्रतियोगिता अन्तर्गत हिमालय युवा क्लव (बी) टिम फाइनलमा प्रवेश गरेको छ ।
बुधवार भएको पहिलो सेमिफाइनल खेलमा हिमालय युवा क्लवले (बी) टिम १ का विरुद्ध २ गोलले जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो सेमिफाइनल खेलमा हिमालय युवा क्लव (बी) टिम र श्री शिव शक्ति बहुमुखी युवा क्लब किसानपुरबीच निकै कडा प्रतिस्पर्धाको खेल भएको थियो ।
सो खेलमा हिमालय युवा क्लव (बी) टिमले हाफ टाइम पहिला १ गोल र हाफ टाइम पछि १ गोल गरेको थियो । यस्तै श्री शिव शक्ति बहुमुखी युवा क्लब किसानपुर हाफ टाइम भन्दा पहिला नै एक गोल गरेको थियो । हाफ टाइमपछि गोल पोष्टमा बल लगेपनि गोल गर्न सकेनन् । हिमालय युवा क्लव (बी) टिम का गोलकिपर सन्तोष यादव रक्षात्मक तरिकाले गोल हुनबाट जोगाएका थिए ।
हिमालय युवा क्लव (बी) टिमका लागि राजु पासवान र विमलेश ठाकुरले १/१ गोल गरेका थिए भने किसानपुरका लागि सुदिया साहिल १ गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत अब साउन २८ गते हुने दोस्रो सेमिफाइनल खेलमा बुद्ध युवा क्लव मरधर र श्री रत्न ज्योति युवा क्लव रतनपुरबीच निकै रोचक र कडा प्रतिस्पर्धाको खेल हुने बताइएको छ । यी दुईको विजेतमा मध्येबाट अन्तिम फाइनलमा हिमालय युवा क्लव (बी) टिमसँग भिड्ने आयोजक हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतोले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै