सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

ठाकुर पक्षमा शीर्ष नेता हाबी दोस्रो तहका नेताहरूले जनाए असन्तुष्टि

 २८ श्रावण २०७८, बिहीबार  

काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा)को महन्थ ठाकुरपक्षमा शीर्ष नेता हाबी भएको भन्दै दोस्रो तहका नेताहरूले असन्तुष्टि जनाएका छन्। साउन ११ मा निर्वाचन आयोगमा भएको ‘हेड काउण्ट’मा अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि पार्टीभित्र अल्पमतमा रहेको ठाकुरपक्ष यतिबेला तराईका जिल्लामा अगुवा कार्यकर्ता भेलामा सक्रिय छ।

अगुवा कार्यकर्ता भेला कार्यक्रमका लागि प्रमुख वक्ता चयन गर्दा जिल्लामा लोकप्रिय नेतालाई बेवास्ता गर्दै महन्थको एकलौटी निर्णयबाट शीर्ष नेतालाई वक्ता चयन गरिएपछि दोस्रो तहका नेताहरूको असन्तुष्टि बढेको हो।

‘राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालागयतका नेताहरुलाई मात्र प्रमुख वक्ता बनाइयो। कुनै नेता चार-चार ठाउँमा प्रमुख वक्ता भएर गए,’ केन्द्रीय कार्यकारिणी समिति सदस्य वृषेशचन्द्र लालले भने, ‘कुनै नेताले एक ठाउँ पनि आफ्नो धारणा राख्ने मौका पाएनन्, यो राजपाको पुरानै अध्यक्ष मण्डलीय ढाँचाजस्तो भयो।’

महन्थ ठाकुर पक्षले जिल्लाहरूमा आफ्नो बहुमत दाबी गर्न तराईका विभिन्न जिल्लामा शुक्रबारदेखि अगुवा कार्यकर्ता भेलालाई तीव्रता दिएको हो। यसका लागि बिहीबार नै ठाकुर र उमाशंकर अगरिया जनकपुर पुगेका थिए। ठाकुर पक्षका दोस्रो तहका नेतासहितले शुक्रबारदेखि सप्तरी, सिरहा, महोत्तरी, बारा, दाङ, सर्लाही, रुपन्देही, सुनसरी, र कञ्चनपुरलगायतका जिल्लामा अगुवा कार्यकर्ता भेलालाई गरिरहेका छन्।

तर सबैजसो जिल्लामा महन्थ ठाकुरसहित वरिष्ठ नेताहरूले सम्बोधन गरेपछि दोस्रो तहका नेताहरूमा असन्तुष्टी चुलिएको हो। भदौ पहिलो सातासम्म आफ्नो पक्षको अगुवा कार्यकर्ता भेला जारी रहने ठाकुर पक्षका नेता केशव झाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै