बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

धनुषामा कीर्तिमान कायम गर्न सफल समाजसेवी मंडलद्वारा ४३ औं पटक रक्तदान

 २८ श्रावण २०७८, बिहीबार  

जनकपुर ।  धनुषामा कीर्तिमान कायम गर्न सफल अजित कुमार मंडलले ४३ औं पटक रक्तदान गर्नुभएको छ ।

बिरामीलाई रगत आवश्यक परेको बेलामा मंडलले रक्तदान दिन धौधौ अस्पतालमा पुग्ने गर्छ । नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको प्रदेश-२ का उपाध्यक्ष समेत रहेको उनी समाजसेवीमा अग्रसर रहेकोे बताउछन् ।

“१८ वर्ष उमेर कटेपछि मानिस रक्तदान गर्न सक्षम हुन्छ,’ मंडलले भन्नुभयो, ‘रक्तदान गर्दा स्वास्थ्यमा कुनै समस्या हुँदैन भन्ने सन्देश दिन रगत आवस्यक परेको ठाउँमा गएर रक्तदान गर्ने गरेको छु।”  रक्तदान मानव जीवनको महान दान भएकाले रक्तदानमा सहभागी हुनु सराहनीय कार्य भएको मंडलले बताउनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै