सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

गगन थापाको प्रश्न : तेस्रो लहर आयो भनेर बालबालिकालाई धेरै खतरा कुन अध्ययन हो ?

 २८ श्रावण २०७८, बिहीबार  

नेपाली कांग्रेसका सांसद गगन थापाले साँझ ८ बजेपछि काठमाडौंलगायतका ठाउँमा कोरोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको अध्ययन हो भनी सरकारलाई प्रश्न गरेका छन्।

बिहीबारकाे प्रतिनिधि सभा बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना महामारीबारे सरकारको कामका विषयमा जानकारी गराएपछि थापाले उक्त प्रश्न गरेका हुन् । खोपको काम प्रशंसायोग्य रहेको भन्दै थापाले खोप व्यवस्थापन यति धेरै कमजोर किन? भनी प्रश्न गरेका छन्।

थापाले प्रश्न गरे, ‘कोरोनाको दोस्रो लहरपछि तेस्रो लहर आउने भनिएको छ। स्वाथ्य मन्त्रालयले दोस्रो लहर सकिएर तेस्रो लहर आयो भनेर कुन अध्ययनका आधारमा भनिँदैछ? बालबालिकालाई धेरै खतरा कुन अध्ययन हो?’

कतिपय स्थानका परीक्षा रोकिएका भन्दै उनले खोप दिएर परीक्षा दिने भनिएको अवस्था बारेमा जानकारी माग गरे। उनले भने, ‘केही अवस्थामा परीक्षा सुरु गर्ने भनिएको छ। यसरी कोभिड संक्रमित विद्यार्थीले परीक्षा हलमा बसेर परीक्षा दिइरहँदा त्यसबाट फैलियो भने कसले जिम्मा लिन्छ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै