बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रधानमन्त्री देउवा पनि संसद विघटनकै बाटोमा

 २९ श्रावण २०७८, शुक्रबार  

पूर्वमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसद विघटनकै बाटोमा भएको बताएको बताएका छन्। गृहजिल्ला पश्चिम नवलपरासी पुगेका त्रिपाठीले देउवा पनि संसद विघटनका लागि तयारी अवस्थामा रहेको बताए।

पूर्वस्वास्थ्यमन्त्री त्रिपाठीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढालेर सत्तामा पुगेका देउवा पनि ओलीकै लयमा संसद विघटनको बाटोमा रहेको बताएका हुन्। उनले देउवा नेतृत्वको सरकार लामो समय नटिक्ने ठोकुवा गरे।

त्रिपाठीले अहिले बनेको देउवा नेतृत्वको सरकार बढीमा आगामी वैशाखसम्म मात्रै टिक्ने बताए। देउवाले पार्टीको महाधिवेशन सकिएलगत्तै संसद विघटन गर्ने उनले दाबी गरे।

पत्रकारहरुसँग कुरा गर्दै त्रिपाठीले आफूले पाएको सूचनाअनुसार आगामी कार्तिकसम्ममा पार्टीको महाधिवेशन सक्ने र त्यसलगत्तै संसद विघटन गरेर नयाँ चुनावमा जाने रणनीतिमा देउवा रहेका बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै