सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

करबलामा मानवताको सन्देश (The message of humanity in Karbala)

 ३० श्रावण २०७८, शनिबार  

आशिक अल्ली,जनकपुर 

यजिद एक अन्याय-अत्याचारी,शोषन -दमन निरकुंश शासक थियो जो सधैँ मानवहित विपरित तानाशाही गर्दथयो ।।उसको शासन अरब देशमा मात्र नभई ईरान,इराक र यमन देशका केही क्षेत्र र भूभागमा उसको शासन चल्दथ्यो । त्यस समयमा यजिदलाई शक्तिशाली बादशाहको रुपमा लिने गर्दथे । ( Yazid was an unjust-tyrannical, exploitative-repressive dictator who always ruled against humanitarian dictatorships. He ruled not only in the Arab world but also in some parts of Iran, Iraq and Yemen. At that time, Yazid was considered a powerful king. )

 

यजिद इस्लाम धर्मको नाममा खराब कुरिति ,कुसंस्कार ,अन्धविश्वास मानवताविरुद्धी ,सामाजिक र धार्मिक गतिविधिहरु सञ्चालन गर्न थाल्यो । ( In the name of Islam, Yazid began to conduct evil, superstitious, superstitious, anti-human, social and religious activities. )

जस्तै :-रक्सी पिउनु,जुवाजास खेल्नु ,ब्याज लिनु ,वेश्यावृति गर्नु ,महिला हिंसा ,विधवा महिलाई अपमान गर्नु ,गरिबलाई हेला गर्नु र समाजमा अन्याय अत्याचार गर्नु यस्ता गतिविधिहरुलाई इस्लाम धर्ममा राख्न चाहन्थ्यो तर यजिदलाई थाहा थियो जबसम्म हजरत मोहम्मद ﷺ का नाति सय्यदना इमाम हुसैनले मलाई समर्थन गर्नु भएन भने तबसम्म म आफ्नो कार्यमा सफल हुने छैन् । आफ्नो कार्य र गतिविधिमा इमाम हुसेन सहमति र समर्थन गर्नु भएन् भने तब सय्यदना इमाम हुसैनलाई ज्यान मार्नेछु र आफ्ना सिपाहीहरुलाई समेत आदेश दियो । ( Such as drinking alcohol, gambling, taking interest, prostitution, violence against women, insulting widows, despising the poor, and oppressing society unjustly. Unless you support me, I will not succeed in my work. If Imam Hussein did not agree and support his actions, then Sayyidna would kill Imam Hussein and even ordered his soldiers. )

 

अत्याचारी यजिदले इस्लाम धर्मको नाममा समाजमा दिनानुदिन नराम्रो गतिविधिहरु गर्ने थाल्यो जो इस्लाम र पैगम्बर मोहम्मदको सन्देश विरुद्ध थियो l यस्ता गतिविधिहरुको विरुद्धमा कोही पनि आवाज उठाएन्न तर जब यजिदको पापको घैँटो भरियो तब त्यसको पापको घैटोँ फुटाल्न सय्यदना इमाम हुसैनले त्यसको नराम्रो गतिविधिविरुद्ध आवाज उठाए र आफ्ना ७२ जना साथीहरुलाई लिएर यजिदको विरुद्धमा उभिनुभयो । ( No one raised a voice against such activities, but when the hour of Yazid’s sin was full, Sayyidna Imam Hussein raised his voice against his evil deeds and stood up against Yazid with 72 of his friends. The tyrant Yazid began to act as a narcissist in the name of Islam in the society, which was the request of Islam and the Prophet Muhammad. )

 

यजिदका सिपाहीहरुले सय्यदना इमाम हुसैनका साथीहरु जसमा बृद्ध ,महिला र बच्चा थिए lउनीहरुलाई करबलाको मरुभूमिमा बन्दी बनायो र पिउने पानी समेत बन्द गरिदियो l भोख प्यासले पनि सय्यदना इमाम हुसैनका साथीहरु यजिदका सिपाहीहरुसित बहादुरी र विरतापूर्वक लडे शहादात प्राप्त गरेl त्यसमा न्याय र मानवताको रक्षा गर्नको लागि बृद्ध ,महिला र छ महिनाको बच्चा अली असगरको घाँटीमा तीर निशाना बनाएर शहिद बनाए त्यसपछि पैगम्बर मोहम्मद सल्लाहो अलैहे वसल्लमका नाति सय्यदना इमाम हुसैन पनि करबलामा मानवता ,सत्य र न्यायको लागि बहादुरी विरतापूर्व शहादत प्राप्त गर्नुभयो l त्यसपछि यजिदका सिपाहीहरुले सय्यदना इमाम हुसैनका छोरा र बहिनीलाई लगायत उनका साथीहरुलाई कैदी बनाएर जालिम यजिदको दरबारमा पेश गरे l उनीहरुलाई कैदखानामा राखेर उनीहरुलाई शारिरीक ,मानसिक यातना र पिडा दियो तापनि उनीहरुले हार मान्नु भएन यजिदका सिपाही सामुमा झुक्नु भएन र सय्यदना इमाम हुसैनको सन्देशलाई विश्वमा फैलाए lसय्यदना इमाम हुसैनको शहादत सत्य र मानवताको लागि थियो त्यसैले हरेक वर्ष मुहर्रमको महिनामा सय्यदना इमाम हुसैनको शहादतको सम्झना गरिन्छ । जसले आफ्नो जीवनमा सत्य ,न्याय र मानवतालाई प्राणभन्दा प्रिय ठान्दछ तिनले सय्यदना इमाम हुसैनको शहादतको सम्झना गर्छन् l संसारमा जहिले पनि आतंकवाद,भ्ष्टाचार ,अन्याय -अत्याचार ,दमनशोषन सित लडनको लागि आफूलाई एक्लो महसुस गरेपछि कर्बलाको सम्झना र त्यसको पैगामलाई व्यवहारमा उतार्नु पर्छ l सत्य ,न्याय र मानवताको लागि हरहमेशा आफ्नो पाईला अगाडि बढाउनुपर्छ lसत्य न्याय र मानवतालाई प्राणभन्दा प्रिय ठानेर हासीँ हासीँ कुर्बानी दिनुपर्छ l ( Yazid’s soldiers imprisoned Sayyidna Imam Hussein’s comrades, including the elderly, women and children. They were imprisoned in the desert of Karbala and drinking water was cut off. Hunger and thirst were also fought. In order to protect justice and humanity, an old man, a woman and a six-month-old baby Ali Asghar were shot in the neck and martyred. Imam Hussein’s son and sister and his friends were taken prisoner and presented to the court of the tyrant Yazid. Although he was imprisoned and tortured physically and mentally, he did not give up. He did not bow before Yazid’s soldiers and spread the message of Imam Hussein around the world. He who loves truth, justice and humanity more than his life remembers the martyrdom of Sayyidna Imam Hussain. When you feel alone in the world to fight terrorism, corruption, injustice, oppression, oppression, you must remember Karbala and put its message into practice. You must always step forward for truth, justice and humanity. )

 

यो पनि पढ्नुहोस:-   रमजानमा लुकेको सन्देस (Also read: Hidden message in Ramadan) 

आज करबालाको इतिहासबाट थाहा हुन्छ कि जालिम अत्याचारी यजिद जतिसुकै अन्याय अत्याचार ,शोषन र दमन गरेपनि आफ्नो चाहना र इच्छामा सफल हुन सकेन् तर सय्यदना इमाम हुसैन र उनका साथीहरुले ज्यान गुमाएपनि यजिद र उसका सिपाहीहरुको सामुनेमा आफ्नो शिरलाई झुकाएनन् l सत्य ,न्याय र मानवताको सन्देश दिए l मोहर्रम एक महिना मात्र होईन ,मोहर्रम एक आन्दोलन हो ,जो भ्रष्टाचार ,अन्याय -अत्याचार ,कालाबजारी ,दमनशोषन ,हिंसाहत्या ,मानववेचविखन र मानवताविरुद्ध कि्याकलापको लागि सशक्त आन्दोलनको रुपमा मोहर्रम हो l जसले सु-सभ्य आदर्श समाज निर्माणको लागि अपरिहार्य र आवश्यक महिना मोहर्रम हो जो मानवसमाजमा क्रान्ति र ईन्कलाब ल्याउने महिनाको रुपमा मोहर्रमलाई लिन सकिन्छ l (Today, the history of Karbala shows that the tyrant Yazid, no matter how unjustly oppressed, exploited and oppressed, did not succeed in his desires and aspirations. Moharram is not just a month, Moharram is a movement that is a powerful movement for corruption, injustice, blackmail, oppression, violence, human trafficking and anti-humanitarian movement. Moharram can be considered as the month of bringing revolution and revolution in human society. )

 

नाम: आशिक अल्ली
जनकपुर -23 बिन्धी
योग्यता: एम.एड तहाचल क्याम्पस (काठमाडौँ)

Name: Aashiq Alli
Janakpur-23 Bindhi
Eligibility: M.Ed Tahachal Campus (Kathmandu)

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै