बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

फुटबलमा नेपाल विरुद्ध ​भारतीय कप्तान नखेल्ने

 ३० श्रावण २०७८, शनिबार  

भारतले नेपालविरुद्ध खेल्न लागेको मैत्रीपूर्ण फुटबलमा भारतीय फुटबल टोलीका कप्तान नखेल्ने भएका छन् ।

कप्तान सुनिल क्षेत्रीलाई आसन्न साफ च्याम्प्यिनसिप र एसिया कप छनोट चरणको खेलाका लागि तयारी गर्न भनी भारतले आराम दिएको छ ।

आउँदो सेप्टेम्बर २ र ५ तारिखमा काठमाडौँस्थित दशरथ रंगशालामा भारले नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपाल विरुद्धको खेलका लागि भारतका प्रमुख प्रशिक्षक इगोर स्टिम्याकले शुक्रबार २३ सदस्यीय टिम घोषणा गरेका छन् ।

तर उक्त खेलका भारतले घोषणा गरेको टिममा कप्तान सुनिललाई समावेश नगरी आराममा राखिएको बताइएको छ ।  साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच उक्त मैत्रीपूर्ण खेल हुने भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै