मुख्यमन्त्री कार्यालयको मर्यादालाई मिचेर टिकटक बनाउदै माओवादी कार्यकर्ता

लुम्विनी प्रदेशका मुख्यमन्त्री कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै नाच्दै गरेको पाईएको छ।
मुख्यमन्त्री कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर माओवादी कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालयमै नांचगान गर्दै टिकटकमा मस्त बन्न थालेका पाईएको हो।
लुम्बिनी प्रदपेशसभामा रहेका चार राजनितिक दलको गठबन्धनमा माओवादी केन्द्रका कुल प्रसाद केसीले प्रदेशको दोश्रो मुख्यमन्त्रीको रुपमा विहिबार सांझ अबेर मात्रै सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका थिए।
शुक्रवार मात्रै मुख्यमन्त्री कार्यालय गएका माओवादी कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालयका निजी सचिवको सरकारी कार्यकक्षमै टिकटक बनाउंदै नांचगान गरेका थिए।
‘बगेको नदी सुकेको कहां छ र, जनयुद्ध हाम्रो रोकेको कहां छ र,।’ बोलको गितमा माओवादी कार्यकर्ता शान्ति बराल नांचेर टिकटक बनाईरहंदा कार्यालयमा रहेका अरु कार्यकर्ताहरुले मुट्ठी उठाएर साथ दिईरहेका थिए।
मुख्यमन्त्री नियुक्त भएको दोश्रो दिनमै मुख्यमन्त्री कार्यालयलाई पार्टी संगठनको सम्पर्क कार्यालयको रुपमा नांचगान गरिएको कार्यले मुख्यमन्त्रीको मात्र नभई लुम्बिनी प्रदेश सरकारकै गरिमामा आंच पु¥याईएको भन्दै आलोचना भएको छ।
लेखक ऋषि आजाद मुख्यमन्त्री कार्यालय यसप्रकारको गतिविधि गरिनु अराजकता, अनुशासन हिन र अभद्रताको पराकाष्ठा भएको बताउंछन्। गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेको पहिलो दिनमै मुख्यमन्त्री जस्तो प्रदेशकै सबैभन्दा महत्वपूर्ण कार्यालयमा गरिएको यस प्रकारको गतिविधीले माओवादी कार्यकर्तालाई सत्ताको उन्माद कति रहेछ भन्ने स्पष्ट भएको उनले बताए।
बरालले मुख्यमन्त्री कार्यालयको निजी सचिवको कार्यकक्षमा नांचेको भिडियो आफ्नो टिकटकमा समेत सेयर गरेकी छन्। उनले सेयर गरेको उक्त भिडियोमा लुम्बिनी प्रदेश सरकार लेखिएको स्पष्ट देखिन्छ। यो समाचार पाथिभारामा छ ।