बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपाली नागरिकको उद्धारका लागि सरकार सजग र गम्भीर : प्रधानमन्त्री देउवा

 ३२ श्रावण २०७८, सोमबार  

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि सरकार सजग र गम्भीर रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री देउवाले अभिभावकत्व वहन गर्नु सरकारको दायित्व रहेको बताएका हुन्। आइतबार नै आफूले नेपाली नागरिकको उद्धारका लागि निर्देशन दिइसकेको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले लेखेका छन्, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु। ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापू्र्वक सरकारले यो जिम्मेवारी निभाउनेछ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै